१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खेलाडीको गरिमामा आँच आउनु हुँदैन: जोकोभिच

नोभाक जोकोभिचले साउदी अरेबियासँग महिलातर्फको डब्लुटिए टुरका लागि सम्झौता गर्दा यस खेल र खेलाडीको गरिमामा आँच आउन दिन नहुने बताए।

साउदी अरेबियाले मानव अधिकार उल्लंघन गरेको र महिला खेलाडीलाई स्वतन्त्रता नदिएको बताइरहँदा यस देशले विश्व टेनिसमा चर्चिच रहेको एटिपी र डब्लुटिए टुर आयोजनाका लाागि इच्छा देखाएको छ।

साउदी अरेबियाले पछिल्लो समयमा अन्तर्राष्ट्रिय प्रतियोगिताको अयोजनाका लागि समेत इच्छा देखाइरहेको छ। जनवरीमा साउदी प्रो लिगको क्लब अल नासरले पोर्चुगलका कप्तान तथा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धित गरेको थियो।

नोभाक जोकोभिचले साउदी अरेबियासँग महिलातर्फको डब्लुटिए टुरका लागि सम्झौता गर्दा यस खेल र खेलाडीको गरिमामा आँच आउन दिन नहुने बताए।

अहिले युरोपका शीर्ष खेलाडीको रोजाइमा साउदी प्रो लिगका क्लब पर्न थालेका छन्। फ्रान्सका करिम बेन्जेमा र एन्गोलो कान्टे पनि साउदी प्रो लिगको क्लबमा अनुबन्धित भएका थिए।

इङ्लिस प्रिमियर लिगको क्लब न्युक्यासल युनाइटेडमा पनि साउदी अरेबियाको लगानी छ। न्युक्यासलले गत सिजन प्रिमियर लिगको चौथो स्थानमा बस्दै यस सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएको थियो।

त्यस्तै साउदी अरेबियाले फर्मुला वान ग्रान्ड प्रिक्सको आयोजनासमेत गर्दै छ। ‘अन्य राष्ट्रको तुलनामा खाडी मुलुक अहिले विभिन्न खेलकुद प्रतियोगिताको आयोजनामा इच्छुक रहँदै आएका छन्,’ कीर्तिमानी २३ पटकका ग्रान्ड स्लाम विजेता जोकोभिचले भने, ‘यो विश्व खेलकुदका लागि सकारात्मक हो र हामी खेलाडीका लागि फाइदाजनक विषय हो। अहिले साउदी अरेबियाले एटिपी र डब्लुटिएको टुर आयोजना गर्ने खबर सार्वजनिक भैरहेको छ। यो विशेष कदम हो। हामीले एटिपी र डब्लुटिएको टुर आयोजना गर्दा यस खेलको पहिचानमा आँच आउन दिन हुँदैन।’

अहिले युरोपका शीर्ष खेलाडीको रोजाइमा साउदी प्रो लिगका क्लब पर्न थालेका छन्। फ्रान्सका करिम बेन्जेमा र एन्गोलो कान्टे पनि साउदी प्रो लिगको क्लबमा अनुबन्धित भएका थिए।

डब्लुटिएका कार्यकारी निर्देशक स्टिभ सिमोनले शुक्रबार मात्र साउदी अरेबियामा टेनिस खेल आयोजना गर्ने चुनौतीका विषयमा खुला छलफल आवश्यक रहेको बताएका थिए। ‘साउदी अरेबियामा एटिपी र डब्लुटिएको टुर आयोजना गर्न निकै कठिन छ,’ सिमोनले भने, ‘अहिले मानव अधिकारबादी संघसस्थाहरू साउदी अरेबियाले महिला खेलाडीका लागि खुला नीति ल्याउनुपर्ने माग गरिरहेका छन्। साउदी अरेबिया यस विषयमा स्पष्ट हुन आवश्यक छ। मैले प्रतियोगिताको तयारीस्वरूप फेब्रुअरीमा साउदी अरेबियाको भ्रमण गरेको थिएँ। अहिलेको स्थितिका बारेमा भने म बेखबर छु। हामी केही भ्रमणपछि अन्तिम निर्णय लिनेछौं।’

प्रकाशित: १८ असार २०८० ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App