२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

हिमालय सेमिफाइनलमा

आयोजक हिमालय स्कुल/कलेज प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिताको गल्र्स बास्केटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

कोटेश्वरस्थित घरेलु कोर्टमा हिमालयनले ब्राभो बीलाई ८–६ ले पराजित ग¥यो । हिमालयसंगै टिभ्स एु विल्सन र ब्राभो ए पनि सेमिफइनलमा पुगे।

टिभ्स एु ले मनास्लुलाई ७–५, विल्सनले टिभ्स बी लाई ८–७ र ब्राभे ुएु ले ओम ज्ञान मन्दिरलाई ९–४ ले पराजित गरे।सेमिफाइनलमा ब्राभो ए को भेट विल्सनसंग हुने भने हिमालयले टिभ्स ए विरुद्ध खेल्ने छ।

ब्वाइज बास्केटबलमा भीएस, मनास्लु, सागर बी र स्याम्बोले सेमिफाइनलमा स्थान सुरक्षित गरे । भीएसले सेबलाई ५–२, मनास्लुले सागर ए लाई ७–५, सागर बी ले टिभ्सलाई ९–७ र स्याम्बोले जनप्रेमीलाई १२–६ ले पाखा लगाए । सेमिफाइनल भीएस र मनास्लु तथा सागर बी र स्याम्बोबीच हुनेछ।

ब्वाइज फुटसलमा एनआईसीले अल स्टारलाई ४–३ गोलले हराउदै फाइनलमा स्थान पक्का गर्‍यो। फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्न बाँकी छ।

प्रतियोगिताको हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र फाइनान्स डाइरेक्टर भुवनचक्र जोशीले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे।

बास्केटबलको ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ टिम सहभागी छन्।फुटसलमा ८ ब्वाइज टिमले भाग लिएका छन् । दुवै खेल नकआउट आधारमा भइरहेको छ।

दुवै खेलमा पहिलो हुने १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारका साथै छात्रवृत्ति प्राप्त गर्ने छन्।पहिलो र दोश्रो हुने टिमका सदस्यलाई ७५ प्रतिशत छात्रवृत्ति दिइने छ । सहभागी टिमका प्रत्येक सदस्यलाई पनि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिता भोलि सम्पन्न हुनेछ।

प्रकाशित: १४ असार २०८० १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App