७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकपमा पाकिस्तान भारत जाँदै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार अक्टोबरमा आयोजना हुने एकदिवसीय विश्वकपसँगै भारतले सात वर्षपछि पहिलो पटक चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्ने भएको छ।

विश्वकै ठूलो क्रिकेट रंगशालाका रूपमा रहेको अहमदाबादले अक्टोबर ५ मा साबिक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डबीचको खेल आयोजना गर्नेछ। यसै मैदानमा फाइनल खेल पनि हुनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार अक्टोबरमा आयोजना हुने एकदिवसीय विश्वकपसँगै भारतले सात वर्षपछि पहिलो पटक चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्ने भएको छ।

विश्व क्रिकेटकै प्रतीक्षित खेलका रूपमा रहेको भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादमा हुनेछ। भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलियाविरुद्ध खेल्नेछ।

पाकिस्तानले एक साता अघिसम्म भारत भ्रमण नगर्ने अडान राखेसँगै प्रतियोगिताको तालिका सार्वजनिक गर्न ढिलाइ भएको थियो। पाकिस्तान सेप्टेम्बरमा आयोजना गर्ने एसिया कपको हाइब्रिड मोडलमा सहमत भएसँगै पाकिस्तान भारत भ्रमणका लागि सहमत भएको हो।

पाकिस्तान क्रिकेट बोर्डले सरकारले स्वीकृति दिएमा भारत भ्रमण गर्न कुनै समस्या नभएको बताएको छ। ‘हामी सरकारको अनुमति पनि कुरिरहेका छौं,’ पिसिबीका सञ्चार निर्देशक सामी उल हसनले भने, ‘हामीले आइसिसीलाई दुई साताअघि नै यसबारे जानकारी दिइसकेका छांै। त्यसैअनुरूप आइसिसीले खेलतालिका सार्वजनिक गरेको हो।’

कुल ४८ खेल आयोजना हुने प्रतियोगिता विभिन्न १० मैदानमा हुनेछ। प्रतियोगिता ४६ दिनसम्म सञ्चालन हुनेछ। राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा १० टोलीमध्ये शीर्ष ४ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने आइसिसीले जनाएको छ।

विश्वकप सुपर लिगबाट यसअघि नै ८ टोली छनोट भैसकेका छन्। जिम्बाब्वेमा विश्वकप छनोटबाट दुई टोलीले विश्वकप टिकट पक्का गर्नेछन्।

कुल ४८ खेल आयोजना हुने प्रतियोगिता विभिन्न १० मैदानमा हुनेछ। प्रतियोगिता ४६ दिनसम्म सञ्चालन हुनेछ। राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा १० टोलीमध्ये शीर्ष ४ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने आइसिसीले जनाएको छ।

‘घरेलु मैदानमा विश्वकप खेल्नु विशेष अवसर हो र हामी यो अवसर खेर जान दिने छैनाैं,’ भारतका कप्तान रोहित शर्माले भने, ‘हामीले १२ वर्षअघि घरेलु मैदानमै उपाधि जितेका थियाैं र यस पटक पनि सोही उपलब्धि कायम राख्नेमा आशावादी छाैं।’

राजनीतिक किचलोका कारण विश्व क्रिकेटका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानले अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र एकअर्काविरुद्ध खेल्ने गरेका छन्। यी दुई टोली पछिल्लो पटक गत वर्ष अस्ट्रेलियामा सम्पन्न ट्वान्टी–२० विश्वकप क्रिकेटमा आमनेसामने भएका थिए। भारत र पाकिस्तानले सन् २०१२ यता एक अर्काविरुद्ध कुनै पनि शृंखला खेलेका छैनन्।

प्रकाशित: १३ असार २०८० ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App