२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले छैठौ विकेट गुमायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले  वेस्ट इन्डिजविरुद्धको खेलमा ६ विकेट गुमाएको छ।

वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले छैठौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरीलाई  गुमाएको हो । ऐरी २० बलमा २ चौक्का र १ छक्कासंगै २३ रन बनाएर आउट भएका हुन ।  

उनी आउट हुँदा नेपालले २८ ओभर १ बलमा १२९ रन मात्र बनाएको थियो ।  ताजास्थीतीमा नेपालले ३१ओभरमा ६ विकेट गुमाएर १४० रन मात्र बनाउन सकेको छ । अहिले आरिफ शेख र गुल्सन झा क्रिजमा छन । यस अघि नेपालले टस जितेर पहिला वलिङ  रोजेको हो । नेपालले यस अघि खेलका दुई खेलमा एक जित र एक हार व्यहोरेको छ।  

प्रकाशित: ७ असार २०८० १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App