२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फुटबल प्रशिक्षक जन्माउँदै एन्फा

तालिम उद्घाटन कार्यक्रममा एन्फा महासचिव किरण राई। तस्विरः महेश्वर

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक निर्माण गर्न उदयपुृरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ तालिम सुरु गरेको छ।

मंगलबारदेखि सुरु ४ दिने तालिमको सदरमुकाम गाईघाटमा एक कार्यक्रमबा बीच एन्फा महासचिव किरण राईले उद्घाटन गरे।

त्रियुगा नगरपालिका ११ गाईघाटस्थित होटल एवानको सभाकक्षमा भईरहेको तालिम एन्फा केन्द्रीय समितिको सहकार्यमा जिल्ला फुटबल संघले आयोजना गरेको हो। जिल्लामा यो फुटबल प्रशिक्षक प्रशिक्षणसम्बन्धी तालिम पहिलो भएको संघका उदयपुर अध्यक्ष रञ्जन कार्कीले बताएका छन्। पहिलो पटक भएकाले तालिम सार्थक र उपलब्धीमूलक हुने उनको अपेक्षा छ।

तालिम उद्घाटन गर्दै महासचिव राईले नेपालमा जल्दोबल्दो खेलको रुपमा विकसित भइरहेको फुटबल खेलमा सक्षम र असल खेलाडी उत्पादन गर्न प्रशिक्षक पनि सक्षम र सिद्धहस्त हुनुपर्ने आवशयक्ता पुरा गर्न तालिम आयोजना गरिएको बताए। प्रशिक्षक प्रशिक्षण तालिम सफल खेलाडी बन्ने पहिलो खुड्किलो भएको भन्दै उनले उत्कृष्ट प्रशिक्षक भएर फुटबल खेललाई विश्वस्तरमा विकास गर्न सहयोगको आग्रह गरे। एकजना खेलाडी राम्रो प्रशिक्षक बन्न सक्यो भने प्रतियोगिताहरुमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै उनले व्यवसायिक प्रशिक्षका र खेलाडी बन्न सके खेलक्षेत्रको भविष्य नेपालमा उज्वल रहेको बताए। पछिल्लो समय राज्यबाट खेलकुद क्षेत्रलाई विशेष प्राथमिक्तामा राख्न थालेको भन्दै उनले खेलकुद र खेलाडीलाई निजी क्षेत्रले पनि स्थान दिएर सहयोग गर्न सुझाव दिए।

एन्फाका प्रमुख प्रशिक्षक सञ्जिव सिंह र श्याम मानन्धरले सहजीकरण गर्ने प्रशिक्षण तालिममा प्रदेश १, मधेस र बागमति प्रदेशका गरी ३५ जना प्रशिक्षक प्रशिक्षार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ।  

प्रकाशित: ५ असार २०८० १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App