६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

तेक्वान्दो खेलाडी उज्जवल मेक्सिको प्रस्थान

तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन आज मेक्सिको प्रस्थान गरेका छन्।

नैकापस्थित ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत उज्ज्वलले पुरुष ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन्। छ वर्षदेखि तेक्वान्दोमा लागेका उज्ज्वलको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। घरेलु प्रतियोगितामा उज्ज्वलले १ रजत र १ कांस्य पदक जितेका छन्।

इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडरेसन ९आईएसएफ० को आयोजनामा हुने प्रतियोगिता जुन १८ देखि २६ तारिखसम्म हुनेछ। उनलाई सफलताको शुभकामना दिदै चन्द्रागिरी नगरपालिका वडा १४ का अध्यक्ष राजभाइ महर्जन, ब्राइट फ्युचरका अध्यक्ष एवं नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहनकुमार कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, तेक्वान्दो प्रशिक्षक सुवास तामाङलगायतले आज एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: २ असार २०८० १४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App