२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

कुशलको शतकमा नेपाललाई सफलता

ओपनर कुशल भुर्तेलको शतकप्रेरित नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा बिहीबार ओमानमाथि २ विकेटको जित निकालेको छ।

ओमानले प्रस्तुत गरेको २ सय ६८ रनको लक्ष्य पछ्याएको नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाउँदै सो लक्ष्य पूरा गर्‍यो। ओपनर आरिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११ ओभरमा ७१ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुआत दिलाएका थिए। दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग १ सय १५ रनको साझेदारी गर्दै नेपाललाई सहज जिततर्फ डोर्‍याएका थिए। भीमले ७४ बलमा ५६ रन जोड्दा कुशलले ९४ बलमा १ सय १ रन जोडेका थिए। यसअघि टस हारेर ब्याटिङका लागि आएको ओमनले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६७ रनको साझेदारी गरेको थियो।

ओपनर कुशल भुर्तेलको शतकप्रेरित नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा बिहीबार ओमानमाथि २ विकेटको जित निकालेको छ।

६.२ ओभरमा ७–४ को स्थितिमा रहेको ओमानको इनिङ पाँचाैं विकेटका लागि मक्सुद र खानले १ सय १ रनको साझेदारी गर्दै उकासेका थिए। खानले ६८ बलमा ३८ रन जोडेका थिए। मक्सुदले १ सय ६ बलमा १ सय ९ रन जोडे। नेपालका लागि सोमपाल कामीले ५, सन्दीप लामिछानेले ३ तथा प्रतीश जिसी र करण केसीले समान १ विकेट लिए।

नेपालले पहिलो अभ्यास खेलमा मंगलबार युएईलाई ३ विकेटको नतिजा सुम्पिएको थियो। जिम्बाब्वे भ्रमणअघि दक्षिण अफ्रिका भ्रमणमा भने नेपालले क्रमशः स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई नतिजा सुम्पिएको थियो।

आइतबारबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले समूह ‘ए’ मा घरेलु टोली जिम्बाब्वेविरुद्धको खेलसँगै प्रतियोगिताको सुरुआत गर्नेछ। दोस्रो खेलमा नेपालले असार ५ मा अमेरिका, तेस्रो खेलमा असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।

नेपालले पहिलो अभ्यास खेलमा मंगलबार युएईलाई ३ विकेटको नतिजा सुम्पिएको थियो। जिम्बाब्वे भ्रमणअघि दक्षिण अफ्रिका भ्रमणमा भने नेपालले क्रमशः स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई नतिजा सुम्पिएको थियो।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन्। प्रत्यक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।

प्रकाशित: १ असार २०८० ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App