३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

दोस्रो साक चेस च्याम्पियनसिप मंगलबारदेखि

 नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोस्रो साक चेस च्याम्पियनसिप मंगलबारदेखि सुरु हुने भएको छ।  

नेपालसहित सात राष्ट्रका खेलाडीले चुनौती प्रस्तुत गर्ने च्याम्पियनसिप आगामी मंगलबारदेखि असार ४ गतेसम्म हुने भएको हो। सोमबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै महासंघले च्याम्पियनसिपको बारेमा जानकारी दिएको हो। प्रतियोगिता गोदावरीस्थित होटेल भ्यु भृकुटीमा पूर्ण आवासीय सुविधासहित हुने महासंघले जनाएको छ। महिला र पुरुष गरी कुल दुई स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। आयोजक नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंका र भुटानका गरी खेलाडी चुनौती प्रस्तुत गर्नेछन्। सात देशका महिला र पुरुषमा १०-१० खेलाडीले राउन्ड रोविनका आधारमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।

पहिलो संस्करण बंगलादेशमा खुला प्रतिस्पर्धाको आधारमा भएको थियो। दक्षिण एसियाका प्रत्येक राष्ट्रबाट समान एक महिला र पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन १-१ महिला र पुरुष तथा आयोजक नेपालबाट थप १-१ महिला र पुरुष खेलाडी गरी समान १०-१० महिला तथा पुरुष खेलाडीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। नेपालबाट पुरुषतर्फ वर्तमान च्याम्पियन फिडेमास्टर रूपेश जयसवाल र उपविजेता शरुरवीर लामा तथा महिलातर्पm राष्ट्रिय च्याम्पियन फिडेमास्टर सुजना लोहनी र उपविजेता सुशीला गुरुङले प्रतिस्पर्धा गर्नेछन्।

अफगानिस्तानले च्याम्पियनसिपमा सहभागिता नजनाउने भएपछि साउथ एसियन चेस काउन्सिलका अध्यक्षको परामर्शमा थप १÷१ नेपाली खेलाडीले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने भएको अध्यक्ष विदुर गौतमले पत्रकार सम्मेलनमा जानकारी गराए। पहिलो संस्करणका विजेता पुरुषमा भारतीय इन्टरनेसनल मास्टर नुबैरसाह सेख र महिलामा बंगलादेशकी वुमन इन्टरनेसनल मास्टर सुल्तान सरमिन सिरिनले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।

ग्रान्ड मास्टर सायनतन दासले पनि यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। च्याम्पियनसिपका लागि अनुमानित ४० लाख रूपैयाँ खर्च हुने महासंघले जनाएको छ। च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः नगद एक लाख ५० हजार, एक लाख र ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्। महिलामा भने विजेताले नगद एक लाख, दोस्रोले ६० हजार र तेस्रोले नगद ४० हजार प्राप्त गर्नेछन्।

प्रकाशित: ३० जेष्ठ २०८० ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App