२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

विदुर र मनोजको जोडीलाई स्वर्ण

 विदुर विष्ट र मनोज राणाको जोडीले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा सोमबार स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा मनोज र विदुरको जोडीले अशोक कुमार र रामबहादुर तामाङको जोडीलाई ६–२ र ६–१ को सोझो सेटमा हराउँदै स्वर्ण जितेको हो।राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा निहालजंगबहादुर थापाले विशांक सुवेदीलाई ६–० र ६–०, प्रदीप खड्काले विक्की सागोल्सेनलाई ७–६ र ६–०, राजवीर प्रधानले शंकर हेस्नेनलाई ६–१ र ६–१, आरभसम्राट हाडाले सुशील मोक्तानलाई ६–० र ६–०, आयुष्मान्हजुर घलेले नवीन श्रेष्ठलाई ६–२ र ६–३ तथा साहिल थापाले विपुल अधिकारीलाई ६–० र ६–० ले हराउँदै दोस्रो चरणमा स्थान बनाए।

यसै विधामा निशान श्रेष्ठले आर्यश शर्मालाई ६–० र ६–०, अभिनव आचार्यले निजेज महर्जनलाई ७–६ र ६–२, सक्षमविक्रम शाहले उगेन शेर्पालाई ६–२ र ६–१, अभिषेक बाँस्तोलाले ओजेज महर्जनलाई ६–० र ६–० तथा अकीजुवेन रावतले देवाशिष रेउलेलाई ६–१ र ६–० ले हराउँदै दोस्रो चरणमा प्रवेश गरे।यु–१० गल्र्स सिंगल्समा सरा पन्तले प्रज्ञा वज्राचार्यलाई ६–० र ६–१, अनुश्री धोजुले थिअ श्रेष्ठलाई ६–० र ६–०, सर्वाना गुरुङले आयाना भद्रलाई ६–० र ६–० तथा जेनिशा ज्ञवालीले आयुश्रीहजुर घलेलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाए।

त्यस्तै यु–१२ गल्र्स सिंगल्समा सपना मल्लले सर्वाना गुरुङलाई ७–५ र ६–३ तथा आयुश्रीहजुर घलेले यजु श्रेष्ठलाई ६–० र ६–१ ले पन्छाउँदै क्वार्टरफाइनलमा पुगे।यु–१२ ब्वाइज सिंगल्समा दर्शित अग्रवाल, सानोवाज हुसैन, सन्दीप जिसी, विश्वविशेष डल्लाकोटी, हभिस बन्सल, सुजन कुइकेल र साम्खाहाङ राई आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै क्वार्टरफाइनलमा पुग्न सफल भए।यु–१४ गल्र्स सिंगल्समा समृद्धि महर्जनले दिव्यता भण्डारीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा पुग्न सफल भइन् ।

सो स्पर्धाको ब्वाइजमा असभसम्राट हाडा, श्रृजन भट्टराई, दर्शिल श्रेष्ठ र काइ प्रजापति क्वार्टरफाइनलमा स्थान बनाउन सफल रहे।यु–१६ गल्र्स सिंगल्समा शिभाली गुरुङ तथा दिव्यता भण्डारी क्वार्टरफाइनलमा पुगे।उक्त स्पर्धाको ब्वाइजमा राजवीर प्रधान, निशाद जोशी, बोरिस अधिकारी, आयुष्मान्हजुर घले र दर्शिल श्रेष्ठले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।नेपाली टेनिसकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा मनोज सेवा र अन्वर अली, कमल भण्डारी र यज्ञ भण्डारी, अनिल साइ र गोपी भट्टराई तथा जितेन्द्र परियार र महेश श्रेष्ठको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन्।

प्रकाशित: ३० जेष्ठ २०८० ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App