२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

थ्री स्टार जोगिँदा एपिएफ रेलिगेसनमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न

यस सिजनको उपाधिका साथ चर्च ब्वाइज युनाइटेडका खेलाडी। तस्बिर: नागरिक

कप्तान विक्रम लामाको पेनाल्टी गोलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि १–० को जितसहित सहिद स्मारक ‘ए’ डिभिजनको हैसियत जोगाउँदा विभागीय क्लब एपिएफ शीर्ष डिभिजनबाट घटुवा भएको छ।

अन्तिम खेलअघि २५ खेलबाट २९ अंकसहित १३औं स्थानमा रहेको थ्री स्टार क्लबलाई शीर्ष डिभिजन हैसियत कायम राख्न जावलाखेलमाथि जितको विकल्प थिएन। शुक्रबार विवादास्पद खेलमा लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग २–० ले पराजित हुँदै एफसी खुमलटार रेलिगेसनमा परेको थियो। खुमलटार शीर्ष डिभिजन उक्लिएको पहिलो सिजनमै ‘बी’ डिभिजनमा घटुवा भएको हो। फ्रेन्डस् क्लबले भने शुक्रबार नै एपिएफमाथि ४–० को जितसहित ‘ए’ डिभिजन हैैसियत कायम राखेको थियो।

फ्रेन्ड्ससँगको हारपछि रेलिगेसन दबाबमा परेको एपिएफ ‘ए’ डिभिजनको हैसियतमा रहन अन्तिम खेलमा थ्री स्टारले जावलाखेलसँग हारेको वा अंक बाँडेको कामना गर्नुपर्ने थियो। बराबरीतर्फ उन्मुख खेल सकिन सात मिनेट बाँकी रहँदा विक्रमले गरेको पेनाल्टी थ्री स्टारको जितमा पर्याप्त बन्यो। नवौं स्थानमा उक्लिएको थ्री स्टारको २६ खेलबाट ३२ अंक रह्यो। रेलिगेसनमा परेको एपिएफको भने २६ खेलबाट ३० अंक रह्यो। फ्रेन्ड्सको पनि समान ३० अंक नै छ। तर, एपिएफ हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि परेको हो।

अन्तिम खेलअघि २५ खेलबाट २९ अंकसहित १३औं स्थानमा रहेको थ्री स्टार क्लबलाई शीर्ष डिभिजन हैसियत कायम राख्न जावलाखेलमाथि जितको विकल्प थिएन। शुक्रबार फ्रेन्ड्ससँगको हारपछि रेलिगेसन दबाबमा परेको एपिएफ ‘ए’ डिभिजन हैसियतमा रहन अन्तिम खेलमा थ्री स्टारले जावलाखेलसँग कम्तीमा अंक बाँडेको कामना गर्नुपर्ने थियो। बराबरीतर्फ उन्मुख खेल सकिन सात मिनेट बाँकी रहँदा विक्रम लामाले गरेको पेनाल्टी थ्री स्टारको जितमा पर्याप्त बनसँगै एपिएफ रेलिगेसनमा पर्‍यो।

एपिएफले वि.सं. २०६२ सालमा ‘ए’ डिभिजनमा प्रवेश पाएको थियो। डेब्यु सिजनमै पाँचाैं स्थानमा बसेर सिजनको अन्त्य गरेको एपिएफले गत सिजन पनि रेलिगेसनबाट जोगिन संघर्ष गर्नुपरेको थियो।

एएफसीको क्लब लाइसेन्स प्राप्त गरेसँगै विदेशी खेलाडी ल्याउने अनुमति पाएको एपिएफ विदेशी खेलाडी अनुबन्ध गर्ने पहिलो विभागीय क्लब पनि हो। गत वर्ष नै एपिएफले तीन विदेशी खेलाडीको आगमनसँगै ‘ए’ डिभिजन हैसियत कायम राख्न सफल भएको थियो। तर, एक सिजनपछि भने एपिएफ सो हैसियत जोगाउन असफल भयो।

यता, नेपाल पुलिस क्लबले भने पहिलो चरणको खराब प्रदर्शनपछि विदेशी खेलाडी भित्राएसँगै अन्ततः तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्‍यो। डेब्यु सिजनमै लिग उपाधि जितेको चर्च ब्वाइजको २६ खेलबाट ४८ अंक रह्यो भने दोस्रो स्थानको मच्छिन्द्र क्लबको समान खेलबाट ४५ अंक र तेस्रो स्थानको पुलिसको २६ खेलबाट ४१ अंक रह्यो। मनाङ मर्स्याङ्दी क्लबले २०४३ सालमा डेब्यु सिजनमै लिग जित्ने कीर्तिमानसँग चर्च ब्वाइजले बराबरी गर्‍यो। लगातार दुई सिजनको विजेता मच्छिन्द्र क्लब भने लिग उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यलाई पूर्णता दिन असफल भयो।

एएफसीको क्लब लाइसेन्स प्राप्त गरेसँगै विदेशी खेलाडी ल्याउने अनुमति पाएको एपिएफ विदेशी खेलाडी अनुबन्ध गर्ने पहिलो विभागीय क्लब पनि हो।

यद्यपि, एएफसी क्लब लाइसेन्स प्राप्त नभएकाले चर्च ब्वाइजले एएफसी कपमा भने नेपालको प्रतिनिधित्व गर्न पाउने छैन। चर्च ब्वाइजको स्थानमा मच्छिन्द्रले नेपालको प्रतिनिधित्व गर्नेछ। लिग विजेता चर्च ब्वाइजले ७५ लाख रूपैयाँ जित्दा उपविजेता मच्छिन्द्रले ५० लाख र तेस्रो स्थानको पुलिसले २५ लाख रूपैयाँ प्राप्त गर्‍यो। पुलिस क्लबले फेयर प्लेको अवार्डसहित थप तीन लाख रूपैयाँ पनि जित्यो।

चर्च ब्वाइजका कप्तान अनन्त तामाङले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको रूपमा नगद तीन लाख रूपैयाँ जित्दा चर्च ब्वाइजका गोलकिपर प्रिसोले उत्कृष्ट गोलकिपर बन्दै दुई लाख रूपैयाँ प्राप्त गरे। मच्छिन्द्रका आफिज ओलाओले २३ गोलसहित सर्वाधिक गोलकर्ता बने। उनले पनि नगद दुई लाख रूपैयाँ जिते। थ्री स्टार क्लबका लाकेन लिम्बु प्रतियोगिताको उदीयमान खेलाडी भए। उनले एक लाख ५० हजार रूपैयाँ प्राप्त गरे।

प्रकाशित: २८ जेष्ठ २०८० ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App