८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

ग्योरोगी लिग तेक्वान्दोको तयारी पूरा

शुक्रबारबाट आयोजना हुने प्रथम एनटिए खुला ग्योरोगी लिग तेक्वान्दो प्रतियोगितामा सम्पूर्ण तयारी पूरा भएको छ।

नेपाल तेक्वान्दो संघले बिहीबार पत्रकार सम्मेलन गरी शुक्रबारबाट आइतबारसम्म आयोजना हुने तीनदिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। प्रतियोगितामा सिनियर इभेन्टतर्फ १८ तौलसमूह, जुनियर तथा क्याडेटतर्फ समान ६/६ र चिल्ड्रेनतर्फ ८ गरी कुल ३८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र एपिएफ एवं सात प्रदेशका खेलाडीको सहभागिता रहनेछ। 

प्रकाशित: २६ जेष्ठ २०८० ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App