१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

आज दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्याण्डसंग ७ विकेटले पराजित भएको हो।

 नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २८ ओभर ५ बलमा आउट  १ सय ३५ रन बनाउँदा सबै विकेट गुमायो ।

नेपालले दिएको १ सय ३६ रनको लक्ष्य स्कटल्याण्डले ३ विकेट गुमाएर २९ ओभरमा १ सय ३७ रन जोड्दै पूरा गर्यो ।

नेपालका लागि  कुशल मल्लले सर्वाधिक ३७ रनको योगदान गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १३ रन बनाउँदा अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  

स्कटल्याण्डका ब्रेन्डन म्याकुमलन र ज्याक जार्विसले तीन–तीन विकेट लिए । त्यस्तै शफ्यान शरिफले दुई विकेट लिँदा निल र हम्जा ताहिरले समान एक विकेट लिए ।

नेपाली टोलीले दोस्रो अभ्यास खेल पर्सि शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रकाशित: २५ जेष्ठ २०८० १४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App