coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पहिलो सिजनमै चर्च ब्वाइज च्याम्पियन

चर्च ब्वाइज युनाइटेडले एक खेल अगावै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्दा शीर्ष डिभिजनको हैसियत जोगाउने क्लबहरूको टुङ्गो भने लिगको अन्तिम चरणले मात्र लगाउने भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेले पनि चर्च ब्वाइजले उपाधि पक्का गरेको हो। शीर्ष स्थानको चर्च ब्वाइजको २५ खेलमा ४५ अंक छ। जुन दोस्रो स्थानमा बसेको साबिकको विजेता मच्छिन्द्र फुटबल क्लबभन्दा ६ अंक बढी हो। चर्च ब्वाइजले लिगको अन्तिम खेलमा शनिबार एफसी खुमलटारविरुद्ध खेल्नेछ। तेस्रो स्थानको नेपाल पुलिस क्लब र चौथो स्थानको जावलाखेल युथ क्लबको समान ३८ तथा पाँचौं स्थानको सातदोबाटो युथ क्लबको ३५ अंक रहेको छ।

चर्च ब्वाइज युनाइटेडले एक खेल अगावै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्दा शीर्ष डिभिजनको हैसियत जोगाउने क्लबहरूको टुङ्गो भने लिगको अन्तिम चरणले मात्र लगाउने भएको छ।

लिगमा बढुवा भएको पहिलो सिजनमै उपाधि जित्ने चर्च ब्वाइज दोस्रो क्लब हो। यसअघि २०४३ सालमा मनाङ बढुवा भएको पहिलो सिजन नै लिग च्याम्पियन बनेको थियो। २०४० सालमा ‘डी’ डिभिजन विजेताको हैसियतमा ‘सी’ डिभिजनमा बढुवा भएको मनाङले ‘सी’ र ‘बी’ हुँदै ‘ए’ डिभिजनमा बढुवा भएको थियो। चर्च ब्वाइज भने गत सिजन ‘बी’ डिभिजनको विजेताको हैसियतमा ‘ए’ डिभिजनमा उक्लिएको थियो। २०६१ सालमा स्थापना भएको चर्च ब्वाइज २०७८ सालमा ‘सी’ डिभिजनको विजेताका रूपमा ‘बी’ र २०७९ सालामा ‘बी’ डिभिजनको विजेताका रूपमा ‘ए’ डिभिजनमा बढुवा भएको थियो।

४४औं संस्करणको विजेता चर्च ब्वाइज लिगको उपाधि जित्ने १६औं क्लब हो। मनाङले सर्वाधिक ८ पटक लिग उपाधि जित्दा रानी पोखरी टिम (आरसिटी) ले ६ पटक लिग जितेको छ।

लिग उपाधि जित्ने लक्ष्यसहित राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ र अञ्जन विष्टसहित स्टार खेलाडी अनुबन्धित गरेको चर्च ब्वाइजले लिगको ५ खेलमा सुखद सुरुआत गरेको थियो। तत्कालीन प्रशिक्षक प्रदीप हुमागाईले श्रम स्वीकृति नपाएको भन्दै प्रशिक्षण छोडेपछि सातौं चरणबाट बालगोपाल महर्जनले क्लबको प्रशिक्षण सम्हालेका थिए। लगातार ६ खेल बराबरी खेलेसँगै दबाबमा रहेको चर्च ब्वाइजले त्यसपछि भने लय समाएको थियो। जसले टोलीको पहिलो सिजनमै उपाधि जित्ने लक्ष्यलाई पूर्णता दियो।

४४औं संस्करणको विजेता चर्च ब्वाइज लिगको उपाधि जित्ने १६औं क्लब हो। मनाङले सर्वाधिक ८ पटक लिग उपाधि जित्दा रानी पोखरी टिम (आरसिटी) ले ६ पटक लिग जितेको छ।

प्रशिक्षक महर्जनले यसअघि २०६१ सालमा थ्री स्टार क्लबबाट खेलाडीको रूपमा लिग जितेका थिए।

‘म निकै खुसी छु,’ महर्जनले भने, ‘आज हामी लिग च्याम्पियनको सपना साकार गर्न सफल भएका छौं। यो एक जनाको मात्र प्रयासमा प्राप्त गरेको सफलता होइन। यो क्लबका खेलाडी, प्रशिक्षण टोली, व्यवस्थापन र अन्य सहयोगी हातहरूको संयुक्त प्रयासमा मिलेको सफलता हो। हामीले बलियो टोली निर्माण गरेका थियाै। अञ्जन र अनन्तलाई मैले एन्फा एकेडेमीमा प्रशिक्षण दिएको थिएँ। आज यी दुई खेलाडीले मलाई गुरुदक्षिणा दिएका छन्। यसमा मलाई खुसी लागेको छ।’

यता थ्री स्टारबाट यसै सिजन मात्र चर्च ब्वाइजमा पुग्दै कप्तानी सम्हालेका अनन्तले उपाधि सपना साकार भएको बताए।

‘हामीले लिगको पहिलो खेलबाटै विजेता बन्ने लक्ष्यसहित खेलेका थियाै,’ अनन्तले भने, ‘तर बीचमा टोलीले लय गुमाउँदा केही निराशा छाएको थियो। हामीलाई प्रशिक्षक र व्यवस्थापनले निरन्तर हौसला दिए। जसले हामीलाई लयमा फर्कन सहज भयो। आज हामी लिग विजेताको सपना पूरा गर्न सफल भयाै। यो सबैको मिहिनेतको फल हो।’

अनन्तले लिग विजेताका रूपमा नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपमा प्रतिस्पर्धा गर्ने अवसर नपाएकोमा भने दुखी रहेको बताए।

‘हामीसँग क्लब लाइसेन्स नभएका कारण लिग विजेता बने पनि एफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर भने पाएनाै,’ अनन्तले भने, ‘त्यसमा भने दुख लागेको छ।’

अनन्तले लिग विजेताका रूपमा नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपमा प्रतिस्पर्धा गर्ने अवसर नपाएकोमा भने दुखी रहेको बताए।

चर्च ब्वाइजका स्थानमा दोस्रो स्थानमा रहेको मच्छिन्द्रले एफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछ। यसअघि २०७६ सालमा लिग जिते पनि क्लब लाइसेन्स नभएका कारण लिग उपविजेताले एएफसी कपमा नेपालको प्रतिनिधित्व गरेको थियो।

मंगलबार च्यासल फुटबल मैदानमा सम्पन्न खेलमा एपिएफमाथि ३–० को सहज जितसहित खुमलटारले भने रेलिगेसनबाट जोगिने सम्भावना कायम राखेको छ। खुमलटारको जितले रेलिगेसन दौड पनि रोचक बनेको छ। १३औं स्थानको खुमलटारको २५ खेलमा २७ अंक रहेको छ। १४औंं स्थानमा झरेको फ्रेन्ड्स क्लबको भने २६ अंक रहेको छ। १२औं स्थानको थ्री स्टारको २९ अंक छ।  

प्रकाशित: २४ जेष्ठ २०८० ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App