१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राइजिङ स्टार टेनिस प्रतियोगिता हुने

सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ। राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा जेठ २७ गतेदेखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना हुने भएको हो।

जुनियर्स र सिनियर्स दुवै विधा समावेश गरिएको प्रतियोगितालाई नेपाल टेनिस एसोसियसनले प्राविधिक सहयोग गरेको छ।प्रतियोगितामा पुरुष र महिलाको अन्डर ८, अन्डर ९, अन्डर १०, अन्डर १२, अन्डर १४ तथा अन्डर १६ मा सिंगल्स र डबल्स सहितका स्पर्धा समावेश छन्। यस्तै मेन्स र वुमन्सको सिंगल्स÷डबल्स सहित ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि गरि ११ विधा समावेश गरिएको छ।

मेन्स सिंगल्स र वुमन्स सिंगल्सको विजेताले समान १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। मेन्स र वुमन्स डबल्सका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सिनियर विधामा ३५ वर्षमाथिको विधाको विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार तथा डबल्स विधाको विजेताले ३० हजार, दोस्रोले १६ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। ४५ वर्षमाथि विधाको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सोही उमेर समूहको डबल्स विधाका विजेताले २५ हजार, दोस्रोले १४ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

५५ वर्षमाथिको विधाको विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार तथा सोही उमेर समूहको डबल्स विधाको विजेताले २० हजार, दोस्रोले १३ हजार र तेस्रो हुने टिमले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। जुनियरतर्फको विजेताले ६ देखि २० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्। प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ८५ हजार रुपैयाँ खर्च हुने राइजिङ स्टार एकेडेमीका अध्यक्ष रविन प्रधानले बताएका छन्। जुनियर लेभलबाट सिनियर लेभलसम्मका टेनिस खेलाडी उत्पादनमा सहयोग पुर्याउन प्रतियोगिताको आयोजना गरिएको एकेडेमीले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०८० १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App