राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ।
एन्फा कम्प्लेक्स सातदोवाटोमा आज भएको खेलमा आर्मी र पुलिसले एक एक गोलको बराबरी खेल खेल्दै अंक बाँडेका छन्।खेलको दोस्रो मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए।तर, खेलको ३९ औं मिनेटमा अहमत हिजाजीले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए। त्यस पछि दुवै टोलीबाट कुनै गोल हुन सकेन र खेल बराबरीमा टुंगियो।
यस बराबरीसँगै आर्मी २५ खेलमा ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ।पुलिस २५ खेलमा ३८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
प्रकाशित: २३ जेष्ठ २०८० १४:०७ मंगलबार