१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाने

फाइल तस्बिर।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई सोमबार विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पठाउने भएको छ।

जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नागरिक न्यूजसँग कुरा गर्दै सन्दिप लामिछाने भोलि (सोमबार) बेलुकाको फ्लाईट बाट दक्षिण अफ्रिका जाने बताएका हुन्।

यसअघि गत मङ्गलवार राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप टोलीसंगै जान पाएका थिएनन्। प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप टोलीसँग जान नपाएर छुटेका हुन्।  

सन्दीपलाई राष्ट्रिय टोलीका लागि खेल्न सहज होस् भन्दै उनका कानुनी सहयोगीहरुले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए। अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीपको दक्षिण अफ्रिका यात्रा सम्भव भएको हो।

प्रकाशित: २१ जेष्ठ २०८० ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App