२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको खराब ब्याटिङ

ब्याटिङ गर्दै नेपालकी इन्दु् बर्मा। तस्बिर सौजन्य: क्यान

ब्याटिङमा खराब लयले निरन्तरता पाउँदा नेपालले शनिबार चौथो ट्वान्टी–२० क्रिकेटमा मलेसियासँग चार विकेटको हार बेहोरेसँगै एक खेल अगावै शृंखला जित्ने अवसर गुमाएको छ।

सुरुआतदेखि खराब ब्याटिङ गरेको नेपालले ९७ रनको सामान्य लक्ष्य प्रस्तुत गर्‍यो, जुन  मलेसियाले इनिङको अन्तिम बलमा पुगेर भेट्टायो। यो नतिजासँगै पाँच खेलको शृंखला २–२ को बराबरी भएको छ। शृंखलाको निर्णायक तथा अन्तिम खेल आइतबार हुनेछ।

मलेसियाको बांगी सहरमा सामान्य लक्ष्य मलेसियाले निर्धारित ओभरको अन्तिम बलमा मात्र ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपाली बलरले कसिलो बलिङ गरे पनि जित दिलाउन भने सकेनन्। उनीहरूले १९ अतिरिक्त रन खर्चिंएपछि मलेसियालाई थप सहज बन्यो। अन्तिम ओभरमा घरेलु टोलीलाई ४ रन आवश्यक थियो।

उक्त डेथ ओभरमा कविता कुँवरले दुई वाइडसहित थप दुई रन दिएपछि मलेसियाले रोमाञ्चक जित निकाल्यो। कविताले चार बल डट फ्याक्दै नेपाललाई जितको झिनो आशा जगाए पनि सफल भएन। ओपनर विनिफ्रेड दुरैसिंघमले सर्वाधिक ३८ रन जोड्दै मलेसियालाई जितनजिक पुर्‍याइन्। अलराउन्ड प्रदर्शन गरेकी उनी प्लेयर अफ दी म्याचसमेत भइन्। उनी सम्झना खड्काद्वारा छैटौं विकेटका रूपमा रनआउट हुन पुगिन्। ५२ बल खेलेकी उनको इनिङमा दुई चौका मात्र रह्यो।

नेपालले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य मलेसियाले इनिङको अन्तिम बलमा पूरा गर्‍यो। यो नतिजासँगै पाँच खेलको शृंखला २–२ को बराबरी भएको छ। शृंखलाको निर्णायक तथा अन्तिम खेल आइतबार हुनेछ।

माहिरा इजातीले १६ रन र कप्तान मास इलिसाले १३ रन जोड्दै विनिफ्रेडलाई साथ दिए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। त्यसअघि पहिलो ओभरमा नै कविता कुँवरले ओपनर वान जुलियालाई शून्यमा नै पवेलियन फर्काउँदै नेपाललाई राम्रो सुरुआत दिलाइन्।

 १४औं ओभरमा मलेसियाले माहिरा र आइना हामिजालाई गुमाउन पुग्यो। यद्यपि, त्यसपछि मलेसियन ब्याटरले समालिएर खेले र जित निकाले। नेपालको बलिङमा रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर र कविता जोशीले समान एक विकेट लिँदै किफायती बलिङ गरे पनि नेपालको हार टार्न सकेनन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने नेपालको निर्णय सही साबित हुन सकेन। अनुभवी ब्याटर सस्तैमा पवेलियन फर्किएपछि नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९६ रनको सामान्य योगफल खडा गर्‍यो।

माहिरा इजातीले १६ रन र कप्तान मास इलिसाले १३ रन जोड्दै विनिफ्रेडलाई साथ दिए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका अनुभवी ब्याटर कप्तान रुविना क्षेत्री शून्य रनमा पवेलियन फर्किंदा सीता रानामगर ५ रन र ज्योति पाण्डे १ रनमा आउट भए। नेपालले पाँचौं ओभरको दोस्रो बलमै ओपनर काजल श्रेष्ठलाई ६ रनमा नै गुमायो। त्यसपछि नेपाल समालिन नै सकेन र एकपछि अर्को विकेट गुमाउन पुग्यो।

यस क्रममा ७.५ ओभरमा नेपालले चार विकेट गुमाउँदा खातामा १८ रन मात्र थियो। यद्यपि, अर्की ओपनर इन्दु बर्माले सर्वाधिक ३२ रन जोड्दै नेपाललाई सम्मानजनक योगफलतर्फ अग्रसर गराइन्। इन्दुको इनिङमा तीन चौका रह्यो। विन्दु रावलले २४ रन र कविता कुँवरले १२ रन जोड्दै नेपालको योगफल सय रनको आँकडानजिक पुर्‍याए। मलेसियाको इनिङमा विनिफ्रेडले तीन विकेट र एक रनआउट गर्दै नेपालको शीर्ष चार क्रमका ब्याटरलाई पवेलियन फर्काइन्। माहिरा र आइसा इलिसाको नाममा समान एक विकेट रह्यो। 

प्रकाशित: २१ जेष्ठ २०८० ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App