२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मनाङको जितविहीन यात्रामा पूर्णविराम

मनाङ र थ्री स्टार (नीलो) का खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिर सौजन्य: एन्फा<br>

चेतनकुमार थारूको निर्णायक गोलमा थ्री स्टार क्लबमाथि १–० को जितसहित मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ८ खेलदेखिको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ।

एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न खेलको ३८औं मिनेटमा चेतनले गरेको गोल मनाङको जितमा पर्याप्त बन्यो। युवा खेलाडीका साथ लिगमा होमिएको कीर्तिमानी ८ पटकको विजेता मनाङ लिगको सुरुआती सात खेलमा अपराजित यात्रा कायम राख्दै उपाधि दाबेदारको रूपमा उभिएको थियो। तर आठाैं खेलदेख १३औं खेलसम्म लगातार ६ खेलमा नतिजा सुम्पिएसँगै मनाङ उपाधिहोेडबाट बाहिरिएको थियो।

यस क्रममा मनाङले सातदोबाटो युथ क्लब, जाावलाखेल युथ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एफसी खुमलटार, नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडलाई नतिजा सुम्पिएको थियो। लगातारको खराब नतिजाले पिरोलिएको मनाङका तत्कालीन मुख्य प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएपछि क्लब थप संकटमा परेको थियो।

एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न खेलको ३८औं मिनेटमा चेतनले गरेको गोल मनाङको जितमा पर्याप्त बन्यो।

दोस्रो चरणको पहिलो खेलमा आर्मीविरुद्ध जितसहित मनाङले लयमा फर्कने संकेत गरेको थियो। तर त्यसपछि लगातार ८ खेलमा जितविहीन बनेसँगै उपाधि दाबेदार मानिएको मनाङ रेलिगेसनको दबाबमा परेको थियो।

मनाङले पछिल्लो ८ खेलमा ८ अंक मात्र जोडेको थियो। दोस्रो चरणको नवौं खेलमा आएर मनाङले जितको स्वाद चाखेको हो। प्रशिक्षक विष्णु गुरुङको प्रशिक्षणमा मनाङले निकालेको यो पहिलो जित हो। मनाङ २२ खेलमा २८ अंकसहित १०औं स्थानमा उक्लिएको छ। २२ खेलमा २६ अंक जोडेको थ्री स्टार भने ११औं स्थानमा झरेको छ।

थ्री स्टार पछिल्लो ११ खेलमा जितविहीन रहेको छ। यस क्रममा मेघराज केसीको टोलीले ६ खेलमा नतिजा सुम्पिएको छ भने ५ खेलमा अंक बाँडेको छ। थ्री स्टार पछिल्ला चार खेलमा भने लगातार पराजित भएको छ।

यता सातदोबाटोको खराब लयले पनि लगातार तेस्रो खेलसम्म निरन्तरता पाएको छ। च्यासल फुटबल मैदानमा आइतबार सम्पन्न खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी)लाई २–१ को नतिजा सुम्पिएको छ। ६६औं मिनेटमा निकोलस सङले गरेको गोलमा एनआरटीले अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि नै सनम लिम्बुले एआरटीको अग्रता दोब्बर पारेका थिए। ८१औं मिनेटमा शिव सुवेदीले गरेको गोलमा सातदोबाटोले खेलमा फर्कने संकेत गरे पनि  पर्याप्त भएन।

यता सातदोबाटोको खराब लयले पनि लगातार तेस्रो खेलसम्म निरन्तरता पाएको छ। च्यासल फुटबल मैदानमा आइतबार सम्पन्न खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी)लाई २–१ को नतिजा सुम्पिएको छ।

गत शनिबार सम्पन्न खेलमा थ्री स्टारमाथि २–० को नतिजा सुम्पिएपछिको लगातार तीन खेलमा थ्री स्टार निराश भएको छ। यसअघि सातदोबाटो खुमलटारसँग १–० र फ्रेन्ड्स क्लबसँग ४–० ले पराजित भएको थियो। सातदोबाटो २२ खेलमा २९ अंकसहित छैटाैं स्थानमा छ भने समान खेलमा आठौं स्थानको एनआरटीको २९ अंक रहेको छ। 

प्रकाशित: १५ जेष्ठ २०८० ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App