६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

मेस्सीको गोलसँगै पिएसजी एक खेल अगाडि नै लिग वान च्याम्पियन

पेरिस सेन्ट जर्मेन (पिएसजी) एक खेल अगाडि नै लिग वानको च्याम्पियन बन्न सफल भएको छ।

गएराती लिग वानको ३७ औ खेलमा  स्टार्सवर्गसंग १–१ गोलको बराबरी खेल खेलेसंगै पिएसजी एक खेलअगाडि नै लिग वानको च्याम्पियन बन्न सफल भएको हो।  

पिएसजी लागि अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले ५९औं मिनेटमामा गोल गरेर अग्रता दिलाएपनि ७९औं मिनेटमा स्टार्सवर्गका  केभिन गेमेरियोले गोल गर्दै खेल बरावरीमा ल्याए । पछि बाँकी समय दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा सकिएसंगै पिएसजी  एक खेल अगाडि नै लिग वानको च्याम्पियन बन्न सफल भयो। पिएसजी कीर्तिमानी ११औं पटक फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ।

गएरातीको गोलसंगैमेस्सीले युरोपको शीर्ष पाँच लिगमा रोनाल्डोले राखेको गोलको

कीर्तिमानलाई पनि तोडेका छन् । मेस्सीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल पूरा गरे भने यसअघि यो कीर्तिमान क्रिष्टियानो रोनाल्डोको नाममा ४९५ गोल रहेको थियो ।

यस बराबरीसँगै पिएसजीले ३७ खेलमा २७ जित ४ बराबरी तथा ६ हारबाट ८५ अंक बटुलेर एक खेल अघि नै शिर्ष स्थानमा रहन सफल भयो। दोस्रो स्थानमा रहेको लेन्सले ३७ खेलबाट ८१ अंक जोडेको छ ।पराजित टोली स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर तालिकाको १५औं स्थानमा छ।

प्रकाशित: १४ जेष्ठ २०८० ०१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App