एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत आज नेपालले काजकस्तानसँग खेल्दैछ। प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत नेपालले काजकस्तानको सामना गर्न लागेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने नेपाल र काजकस्तानबीचको खेल साँझ ५ बजे शुरु हुनेछ। नेपाल आज काजकस्तानलाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ।
नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने काजकस्तान समूह बीको विजेता बन्दै सेमि फाइनल पुगेको हो।
प्रकाशित: १२ जेष्ठ २०८० ०९:४७ शुक्रबार