१७ जेष्ठ २०८० बुधबार
खेल

बागमती प्रदेश खेलकुद :काठमाडौंलाई महिला फुटबलको उपाधि

दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको उपाधि काठमाडौंले जितेको छ।

आज भएको फाइनल खेलमा  काठमाडौंले सिन्धुलीलाई २–० गोलले हराउँदै स्वर्ण पदक हात पार्न सफल भएको हो ।काठमाडौलाई स्वर्ण दिलाउन सुजिता घलान र मनीषा थापा मगरले एक एक गोल गरेका हुन।

पुरुष फुटबलमा चाहि काठमाडौं र मकवापनुर फाईनलमा पुगेका छन ।  आज भएको पहिलो सेमिफाइनलमा काठमाडौंले ललितपुरलाई १–०गोलले हराउँदै फाईनलमा स्थान बनाएको हो ।त्यसैगरी मकवानपुरले काभ्रेमाथि ३–०को जित हात पार्दै फाईनलमा पुगेको हो।फाइनलखेल शनिबार हुनेछ।

प्रकाशित: ११ जेष्ठ २०८० २२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App