१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कोलकाता विरुद्ध एक रनको रोमान्चक जित निकाल्दै लखनऊ प्लेअफमा

लखनऊ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ।

गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै लखनऊ प्लेअफमा पुग्न सफल भएको हो।

लखनऊले तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्ने पक्का हुँदा कोलकाता बाहिरिएको छ।यस अघि पहिला व्याटिङ गरेको लखनऊ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७६ रन बनायो।जवाफमा जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनायो र एक रनले खेल हार्न पुग्यो।

लखनऊका लागि  निकोलस पुरनले  ५८  क्विन्टन डि ककले २८,  प्रेरक माकांड २६ र आयुष बदोनी २५ रन बनाए।कोलकोताका लागि वैभव आरोरा, शार्दुल ठाकुर र सुनिल नारायणले  समान दुई विकेट लिए।

कोलकोताका लागि रिंकु सिंहले सबैभन्दा वढि ६७ रन बनाए।त्यसैगरी जेसन रोयले  ४५ , वेंकटेश ऐरले २५, नितिश राणाले ८, रहमानउल्लाह गुरबाजले  १० र आन्द्रे रसेलले  ७ रन बनाए।

लखनऊका लागि रवि विश्रोई र यश ठाकुरले समान २ विकेट लिए ।त्यसैगरी  क्रुनाल पान्ड्या र कृष्णाप्पा गौतमले समान एक विकेट लिए।

जारी आईपीएलमा गुजरात १३ खेलमाबाट १८ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नई १४ खेलमा १७ अंकका साथ दोस्रो स्थानमा रह्यो । लखनऊ १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ तेस्रो स्थानमा छ । चेन्नईको नेटरनरेट ०.६५२ र लखनऊको ०.२८४ छ ।अव बेंगलोर, मुम्बई र राजस्थान मध्य एक टोलीले अन्तिम चारमा स्थान बनाउँदै एलिमिनेटरमा लखनऊसँग खेल्नेछन् ।

प्रकाशित: ७ जेष्ठ २०८० ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App