coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सातदोबाटोद्धारा थ्री स्टार पराजित

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ। 

आज साँझ  दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले थ्री स्टारलाई २-० गोल पराजित गरेको हो।

सातदोबाटोको जितको लागि  दुबै गोल विलियम ओपोकुले गरेका हुन।जारी लिगको पहिलो खेलमा भने  थ्री स्टारले सातदोबाटोलाई १-० ले हराएको थियो।

जितसंगै  सातदोबाटो १९ खेलमा २९ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ।त्यसैगरी थ्री स्टार १९ खेलमा २६ अंकका  पाँचौं स्थानमा रहेको छ।

प्रकाशित: ६ जेष्ठ २०८० १४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App