१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

न्युक्यासलले अझै स्तर बढाउनुपर्छ: एडी

आगामी सिजनको च्याम्पियन्स लिग खेल्नका लागि न्युक्यासल युनाइटेडले अझै स्तर बढाउँदै मजबुत टोली निर्माण गर्नुपर्ने प्रशिक्षक एडी हावेले बताएका छन्।

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार ब्राइटनसँग खेलमा ४-१ को जित निकालेसँगै आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बढेपछि प्रशिक्षक हावेले यस्तो प्रतिक्रिया दिएका हुन्।

जारी सिजनका दुई खेल बाँकी रहेको अवस्थामा शीर्ष तीनभित्र अटाएको न्युक्यासलका प्रशिक्षक हावेले आफ्नो टोली च्याम्पियन्स लिग खेल्ने भए टोलीमा अझै सुधार र स्तर बढाउनुपर्ने बताएका हुन्। लेस्टर सिटीसँग आगामी सोमबार र मे २८ मा चेल्सीविरुद्ध हुने दुईमध्ये एक खेलमा जित निकाले न्युक्यासलले आगामी सिजनको च्याम्पियन्स लिग खेल्नेछ।

आगामी सिजनको च्याम्पियन्स लिग खेल्नका लागि न्युक्यासल युनाइटेडले अझै स्तर बढाउँदै मजबुत टोली निर्माण गर्नुपर्ने प्रशिक्षक एडी हावेले बताएका छन्।

जारी सिजनमा न्युक्यासललाई प्रशिक्षण गरेका हावेले २ सय ५० मिलियन पाउन्ड खर्चिएका थिए। लगानीसँग टोली राम्रो बनेको विषयलाई उद्धृत गर्दै प्रशिक्षक हावेले आगामी सिजन थप लगानीको आवश्यकता रहेको औंल्याएका हुन्। त्यसका लागि प्रिमियर लिग खेलेका खेलाडी र युरोपका खेलाडीमा लगानी गर्नुपर्ने समेत बताएका छन्।

‘अहिलेको टोलीभन्दा मजबुत टोली निमार्ण गर्नुपर्ने हुन्छ। बलियो टोली बनेको अवस्थामा वैकल्पिक खेलाडीलाई स्थान दिँदै अनुभव दिलाउन सकिन्छ। समग्र टोलीलाई राम्रो बनाउन सके एउटै खेलाडीलाई धेरै बोझ हुँदैन,’ न्युक्यासल प्रशिक्षक हावेले भने, ‘प्रतिष्ठित प्रतियोगिताका लागि स्तरीय खेल र खेलाडी पनि उत्तिकै आवश्यक पर्छ। बेन्चमा पनि राम्रा खेलाडी भएको खण्डमा समग्रमा टोली मजबुत बन्छ।’

जारी सिजनमा न्युक्यासललाई प्रशिक्षण गरेका हावेले २ सय ५० मिलियन पाउन्ड खर्चिएका थिए।

बिहीबार ब्राइटनविरुद्ध खेल्दा न्युक्यासलको प्रदर्शन निकै तारिफयोग्य रह्यो। घरेलु मैदानमा समर्थकको साथ पाएको न्युक्यासलले सुरुआतबाट नै भ्रमणकारी टोली ब्राइटनलाई दबाब दिएर खेलेको थियो। सेन्ट जेम्स पार्क न्युक्यासलमा घरेलु टोलीको जितमा ड्यानियल बर्न, कलुम विल्सन र ब्रुनो गुइमारेसले गोल गर्दा एक गोल उपहार पाएको थियो। ब्राइटनका डेनिज अन्डभले एक गोल फर्काए।

सुरुआतबाट नै हाबी भएर खेले पनि न्युक्यासलले खेलको २२औं मिनेटमा मात्र अग्रता लिएको थियो। ब्राइटनका डेनिज अन्डभको आत्मघाती गोलबाट न्युक्यासलले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा ड्यानिल बर्नले गोल गर्दै न्युक्यासलको अग्रता दोब्बर पार्दा ५१औं मिनेटमा ब्राइटनका डेनिज अन्डभले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए।

सुरुआतबाट नै हाबी भएर खेले पनि न्युक्यासलले खेलको २२औं मिनेटमा मात्र अग्रता लिएको थियो। ब्राइटनका डेनिज अन्डभको आत्मघाती गोलबाट न्युक्यासलले अग्रता लिएको थियो।

निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा कलुम विल्सनले गोल गर्दै न्युक्यासललाई अगाडि बढाएको खेलको इन्जुरी समयमा ब्रुनो गुइमारेसले गोल गर्दै टोलीलाई ४-१ को सानदार जित दिलाए। यस जितसँगै तेस्रो स्थानमा रहेको न्युक्यासलको ३६ खेलबाट ६९ अंक पुगेको छ। एक खेल कम खेलेको युनाइटेडको ६६ अंक छ। पराजित ब्राइटन ३५ खेलबाट ५८ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित: ६ जेष्ठ २०८० ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App