१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

ए डिभिजन लिग: आर्मीले खुमलटारसँग बराबरी खेल्यो

दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रवार खुमलटार युथ क्लवसँग २–२ को बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा खुमलटारसँग अंक बाँडेको हो। यससँगै आर्मीलाई चौथो स्थानमा उक्लिने मौका गुमेको छ। प्रतिष्पर्धात्मक बनेको खेलमा आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गर्दा खुमलटारका दुई विदेशी फरवार्ड मेसुके ओलुमोउ र स्टेफेन समिरले एक एक गोल गरे।

रेलिगेशन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको खुमलटारले खेलको १४ औं मिनेटमा जगजितले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ३५ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि दोस्रो हाफको खेलको ५१ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए। 

२–१ ले पछि परेसँगै खेलमा फर्किन निकै प्रयास गरेको खुमलटारका लागि ७५ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई २–२ गोलको बराबरीमा ल्याए। बाँकी समयमा दुवै टोली थप गोलका लागि प्रयास गरेपनि सफल हुन सकेनन र अंक बाँड्न बाध्य बने। यस बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ। खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ।

लिगमा शनिवार एक मात्र खेल थ्री स्टार क्लव र सातदोबाटो युथ क्लवबीच दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ।  

प्रकाशित: ५ जेष्ठ २०८० १३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App