१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

पदक विजेता सम्मानित

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मती प्रदेशले एएसबिसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ।  

बिहीबार संघले एक कार्यक्रमको आयोजना गरेर जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताका पदक जितेका खेलाडीलाई नगदसहित सम्मान गरेको हो। प्रतियोगितामा महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कांस्य जितेका थिए। पुरुष ८६ केजीमा विजय बाटाले कांस्य हात पारेका थिए। सुष्माले २० हजार नगद पुरस्कार पाइन्। सुष्माले जितेको रजत पदक नेपाली बक्सिङको इतिहासमा कुनै पनि नेपाली खेलाडीले एसियाली स्तरमा जितेको सबैभन्दा ठूलो पदक हो। बाँकी कांस्यविजेताले जनही १० हजार नगद पुरस्कार पाए।

यस्तै प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दीप श्रेष्ठले समान ५ हजार नगदसहित सम्मानित भए भने व्यवस्थापक ओमनारायण श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पु¥याएबापत प्रशिक्षक राजकृष्ण महर्जन र नवीन तण्डुकार पनि सम्मानित भए। उनीहरूलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, बागमती प्रदेशकी सांसद मीना पराजुली, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घले, नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच नगद र प्रशंसापत्र प्रदान गरी सम्मान गरे।

 

प्रकाशित: ५ जेष्ठ २०८० ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App