२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

थ्रीस्टार र आर्मीबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लव र नेपाल आर्मीको त्रिभुवन क्लव बीचको खेल बराबरीमा सकिएको छ।

काठमाडौको दशरथ रंगशालमा आज भएको खेलमा थ्रीस्टार क्लव र  नेपाल आर्मीको त्रिभुवन क्लव बीचको खेल दुवै टोलीबाट एक एक गोल भई बराबरीमा सकिएको हो।  

थ्रीस्टार क्लवका लागि ६९ औ मिनेटमा  लाकेन लिम्बुले  गोल गरेर अग्रता लिए पनि ८६ औ मिनेटमा दिनेश हेन्जनले  आर्मीका लागि गोल गरेपछि खेल बराबरी तर्फ गएको हो। पछि बाँकी समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपनि खेल बराबरीमा टुंगिएको हो।  

 थ्री स्टार १८ खेलमा २६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ ।आर्मी भने १८ खेलमा २५ अंकसाथ छैटौं स्थानमा नै छ।

प्रकाशित: २ जेष्ठ २०८० ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App