२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

पिएसजीद्धारा एसी एजासियो ५–० पराजित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सानदार जित निकालेको छ।

गएराती भएको खेलमा तालिकाको अग्रस्थानमा रहेको पिएसजीले एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले हरायो। पिएसजीका लागि फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोल गरे। फावियन रुइज र अचरफ हाकिनीले समान एक गोल गरे। एक गोल उपहार पाएको हाे।

यो जितपछि शीर्षस्थानमा रहेको पिएसजीको ३५ खेलबाट ८१ अंक पुगेको छ। पिएसजी दोस्रो स्थानको लेन्सभन्दा ६अंकले अघि छ।लेन्सको ७५ अंक छ। पराजित एजासियो २३अंक जोडेर १८औं स्थानमा छ।

प्रकाशित: ३१ वैशाख २०८० ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App