२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

उमा कुङ्फुका पदक विजेता सम्मानित

भारतको पञ्जाबमा सम्पन्न प्रथम इन्डो/नेपाल अन्तर्राष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा पदक जित्न सफल तार्केश्वर उमा कुङ्फुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ।

काभ्रेस्थलीको ग्रिन हिल्स एकेडेमीमा भएको दोस्रो तारर्केश्वर मेयर कप तेक्वान्दो प्रतियोगिताको समापन अवसरमा खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो।

भारतको पञ्जाबमा सम्पन्न प्रथम इन्डो/नेपाल अन्तर्राष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा पदक जित्न सफल तार्केश्वर उमा कुङ्फुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ।

सम्मानित हुने खेलाडीमा स्वर्ण/रजत विजेता साइना महर्जन, सिम्रिका कुँवर, दर्शना तामाङ र आर्यन रावल, रजत विजेता प्रशंसा तामाङ तथा कांस्य विजेता राजन तामाङ हुन्। नोभेम्बर ५ र ६ तारिखमा सम्पन्न प्रतियोगितामा प्रशिक्षकको जिम्मेवारी निभाएका तार्केश्वर उमा कुङ्फुका प्रमुख प्रशिक्षक रमेश महर्जन पनि नगदसहित सम्मानित भए।

उनीहरूलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका वडा-२ का अध्यक्ष राधाकृष्ण खड्गी, काभ्रेस्थली खेलकुद उपभोक्ता समितिका अध्यक्ष प्रवीण खड्गी र तार्केश्वर नगर तेक्वान्दो कार्यसमितिका अध्यक्ष विक्रम खड्गीले एक कार्यक्रमबीच नगद र प्रशंसापत्रसहित सम्मान गरे।

प्रकाशित: ३१ वैशाख २०८० ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App