१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

ए डिभिजन लिग : सातदोवाटोले एपीएफलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोवाटो युथ क्लबले  ससस्त्र प्रहरीको एपीएफ क्लवलाई हराएको छ।

दशरथ रंगशालामा आज साँझ भएको खेलमा सातदोवाटो युथ क्लबले  ससस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–० ले हराएको हो।

सातदोवाटोका लागि विलीयम्सले १३ औ मिनेटमा पहिलो गोल गरे । त्यसैगरी आजका म्यान अफ द म्याच सातदोवाटोका दिपक राज सिंह ठकुरीले ३६ औ र ७७ औ मिनेटमा गरी टोलीका लागि दुई गोल गरे । दिपकले यो सिजनमा अहिले सम्म १२ गोल गरिसकेका छन ।  

जित पछि सातदोवाटो युथ क्लवले १७ खेलबाट २६ अंक पाएको छ। सातदोवाटो तालिकाको चौथो स्थानमा रहेको छ ।१७ खेलबाट पराजित एपीएफ २२अंकका साथ तालिकाको सातौ स्थानमा रहेको छ। 

प्रकाशित: ३० वैशाख २०८० १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App