७ वैशाख २०८१ शुक्रबार
खेल

साहुखललाई आरोप पुष्टि गर्न चुनौती

सन्तोष साहुखल

सहिद स्मारक ‘ए’ डिभिजनको क्लब थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले स्ट्राइकर सन्तोष साहुखलले प्रशिक्षकको खराब व्यवहारका कारण क्लबसँगको सम्बन्धमा पूर्णविराम लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

यसै सिजन मात्र सन्तोष पूर्वक्लब थ्री स्टार फर्किएका थिए। थ्री स्टारले सन्तोषले अनुशासनहीन काम गरेकाले उनीलाई निष्कासन गर्दै सम्झौता रद्द गरेको दाबी गरेको छ।

पहिलो चरणअन्तर्गतको अन्तिम खेलमा थ्री स्टार न्युरोड टिम (एनआरटी) सँग १–० ले पराजित भएको थियो। सो खेलमा सन्तोषले पहिलो हाफमा पेनाल्टीको अवसर गुमाएका थिए। सन्तोषले केही दिनअघि एक सञ्चार माध्यमसँग कुरा गर्दै आफूले गल्ती गरेको स्वीकार गरेर क्लब प्रशिक्षणमा फर्किए पनि प्रशिक्षकले रिसइबी साँधेर टोलीमा समावेश गर्न आनाकानी गरेका कारण थ्री स्टारसँगको सम्झौतामा पूर्णविराम लगाएको बताएका थिए।

सहिद स्मारक ‘ए’ डिभिजनको क्लब थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले स्ट्राइकर सन्तोष साहुखलले प्रशिक्षकको खराब व्यवहारका कारण क्लबसँगको सम्बन्धमा पूर्णविराम लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

केसीले भने सो खेलदौरान मध्यान्तरमा ड्रेसिङ रुम प्रवेश गर्दा सन्तोषले जर्सी र बुट फ्याँक्दै ढोकामा लात्ती प्रहार गरेपछि अन्य खेलाडीसँग सामान्य विवाद भएको र सोही विवादपछि सन्तोष खेल छोडेर बाहिरिएको बताए।

‘खेलदौरान गोल अवसर गुमाएपछि कुनै पनि खेलाडी रिसाउनु सामान्य हो र मैले त्यसलाई गम्भीर रूपमा लिएको पनि थिइन,’ केसीले भने, ‘तर मध्यान्तरमै खेल छोडेर खेलाडी बाहिरिनु गम्भीर हो। सन्तोष बाहिरिएपछि मैले उनको स्थानमा अर्को खेलाडीलाई मैदान प्रवेश गराएको हुँ। उनी भोलिपल्ट पनि टोली प्रशिक्षणमा सहभागी भएनन्। उनले कप्तान विक्रम लामालाई फोन गरेर थ्री स्टारले मलाई प्रशिक्षणमा किन नबोलाएको भन्दै दम्भ दखाउने प्रयाससमेत गरेका रहेछन्।

एउटा अनुभवी खेलाडीबाट हामीले यस्तो कार्यको आशा गरेका थिएनाैं। सो घटनाको केही दिनपछि भने सन्तोषले मलाई एमएमएस पठाएर माफी माग्दै प्रशिक्षणमा फर्किएका थिए। तर प्रशिक्षणमा फर्किएपछि पनि उनको व्यवहारमा परिवर्तन पाइनँ। मैले एउटा अनुभवी खेलाडीले खेलदौरान संयमता गुमाउँदा के हुन्छ भनेर युवा खेलाडीलाई अभुवन साट्न सन्तोषलार्ई सामान्य आग्रह गरेको थिएँ।’

‘तर सन्तोषले अनुभव नसाट्ने भन्दै जिद्दी कसेपछि उनलाई माफी माग्न आग्रह गरेका थियाैं,’ केसीले थपे, ‘उनी क्लबलाई आफू चाहिने भए माफी नमाग्ने बरु क्लब छोड्ने भन्दै बाहिरिएका थिए। उनलाई क्लबले रिलिज पेपर दिइसकेको थियो। तर क्लब र प्रशिक्षकमाथि दोष देखाउँदै आफ्नो गल्ती लुकाउने प्रयास गर्नु गम्भीर विषय हो। म उनलाई हामीमाथि लगाएको दोष प्रमाण गर्न चुनौती दिन चाहन्छु।’

एउटा अनुभवी खेलाडीबाट हामीले यस्तो कार्यको आशा गरेका थिएनाैं। सो घटनाको केही दिनपछि भने सन्तोषले मलाई एमएमएस पठाएर माफी माग्दै प्रशिक्षणमा फर्किएका थिए।

लिगअन्तर्गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा सम्पन्न खेलमा भने थ्री स्टारले एनआरटीसँग गोलरहित बराबरी खेलेसँगै शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको थियो।

मंगलबार नै दशरथ रंगशलामा सम्पन्न खेलमा हिमालयन शेर्पामाथि १-० को जितसहित जावालाखेल युथ क्लब शीर्ष स्थानमा फर्कंदा सातदोबाटो युथ क्लब भने संकटा क्लबसँग २-० ले पराजित भयो।

२१औं मिनेटमा हिमालयन शेर्पाका अमित श्रेष्ठले गरेको आत्मघाती गोल जावलाखेलको जितमा पर्याप्त बन्यो।

शीर्ष स्थानको जावालाखेलको १६ खेलमा २७ अंक छ। दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडको पनि समान २७ अंक छ। बुधबार हुने खेलमा मच्छिन्द्र फुटबल क्लबलाई हराएमा चर्च ब्वाइजले शीर्ष स्थानमा पुनरागमन गर्नेछ। तेस्रो स्थानको थ्री स्टार क्लबको १६ खेलमा २५ अंंक छ भने चौथो स्थानको मच्छिन्द्रको २४ र पाँचाैं स्थानको सातदोबाटोको २३ अंक छ। 

प्रकाशित: २७ वैशाख २०८० ०१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App