coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भलिबलको उपाधि चापाकोटलाई, बास्केटबलको मोर्दीखोलालाई

कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा बुद्ध जयन्तीको अवसर पारेर आयोजित भलिवल प्रतियोगिताको उपाधि चापाकोट युवा क्लवले जितेको छ।  

मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि चापाकोट युवा क्लव स्याङ्जाले जितेको हो। प्रतियोगितामा ठकुरी समाज शुक्ला गण्डकी–१२ बाबियोडाडाँले द्वितीय स्थान प्राप्त ग¥यो। बिजेता चापाकोट युवा क्लवले १ लाख ११ हजार १ सय ११ र उप–बिजेता ठकुरी समाजले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो।

त्यस्तै, बास्केटबल प्रतियोगिताको उपाधि मोर्दीखोला युवा क्लवले जित्दै एकलाख ११ हजार रुपैयाँ प्राप्त ग¥यो भने थन्कु देउराली युवा क्लवले उपबिजेता हुँदै ५५ हजार ५ सय ५५ सय प्राप्त ग¥यो।  महोत्सवको अवसरमा आयोजित ठेलो (छेलो) प्रतियोगितामा यमन गुरुङले प्रथम हुँदै २५ हजार र किरण सुनारले द्वितीय हुँदै १५ हजार जिते।

सामुहिक रस्साकस्सी प्रतियोगिताको महिलातर्फ मकैखोला आमा समूहले प्रथम हुँदै १५ हजार र गैरीगाउँ आमा समूहले द्वितीय हुँदै १० नगद हजारसहित ट्रफी हात पारे।  बिजेताहरुलाई मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, आयोजक याङ्जाकोट मिलन युवा क्लबका अध्यक्ष बिकास गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: २६ वैशाख २०८० १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App