१० पुस २०८२ बिहीबार
image/svg+xml
खेल

उपमेयर गोल्डकप: ‘पिएसडब्लु क्लब मोरङ’ सेमिफाइनलमा

प्रतियोगिता उद्घाटन कार्यक्रममा मेयर बस्नेत र उपमेयर राई। तस्विरः महेश्वर

सदरमुकाम गाईघाटमा जारी ‘प्रथम त्रियुगा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता ८०’ को अन्तिम क्वाटरफाईनल खेलमा पिएसडब्लु क्लब मोरङ विजयी भएको छ। 

मंगलबार सम्पन्न खेलमा मोरङले घरेलु टिम गाईघाटलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। यो खेलसँगै प्रतियोगिताको क्वाटर फाइनल खेल सकिएको छ।

जस अनुसार माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब सुनसरी, नमोबुद्ध युवा क्लब सप्तरी, अल इन वान झापा र मोरङले सेमिफाइनलको यात्रा तय गरेका छन्। अघिल्लो दिनको तेस्रो क्लाटरफाईनलमा झापाले सुनसरीको डिडब्लुएफ क्लब धरानलाई २–१ ले हराएको थियो। 

त्यस्तै दोस्रो दिनको प्रतिस्पर्धामा नमोबुद्ध सप्तरीले हेटौँडा फुटबल एकेडेमी मकवानपुरलाई पराजित गरेको थियो भने उद्घाटनका दिन बागमती युवा क्लब सर्लाहीलाई हराउँदै सुनसरी सेमिफाइनलमा पसेको थियो।

गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा भइरहेको प्रतियोगिताको सेमिफाइनल बुधबारदेखि सुरु हुँदैछ। जस अनुसार पहिलो सेमिफाइनल खेलमा सुनसरी र झापाबीच प्रतिस्पर्धा हुनेछ। २१ गतेको खेलमा मोरङ र सप्तरीबीच भिडन्त हुने आयोजक अखिल अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुरले जनाएको छ। 

एन्फाका अध्यक्ष रञ्जन कार्कीका अनुसार त्रियुगा नगरपालिकाको ‘जनतासँग उपमेयर कार्यक्रम’ अन्तर्गत नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो।

विजेतालाई ट्रफि सहित १ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको उपविजेताले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ। विधागततर्फ पनि विभिन्न पुरस्कारहरू वितरण गरिने अध्यक्ष कार्कीले बताएका छन्। प्रतियोगिताको फाइनल खेल आगामी २३ गते हुने नगर खेलकुद विकास समितिका अध्यक्ष विजयकुमार सिंहले बताएका छन्।

प्रकाशित: १९ वैशाख २०८० १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App