१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

झापा गोल्डकपको उपाधि मनाङले जित्यो

झापा- झापा गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। सोमबार भएको फाइनल खेलमा आयोजक झापा ११ लाई १-० गोलले पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको हो। मनाङका लागि ओलावाले ६३औं मिनेटमा निर्णायक गोल गरेका थिए।

यो उपाधिसँगै मनाङले ह्याट्रिक गरेको छ। यसअघि मनाङले खप्तड गोल्ड कप र अहा रारा गोल्डको उपाधि जितेको थियो। 

ट्रफीसँगै मनाङले नगद ७ लाख र आयोजक झापाले उपविजेता हुँदै ३ लाख ५० हजार रुपैयाँ पाएका छन्।

प्रकाशित: २४ माघ २०७३ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App