एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरेवियाबीचको खेल वर्षाले प्रभावित भएको छ।विहान ९ बजेदेखि सुरु हुनु पर्ने खेलमा अहिलेसम्म टस पनि हुन सकेको छैन।
मुलपानी क्रिकेट मैदानमा हुने यी दुई विचको हेर्न अहिले घरेलु दर्शक पानीमा भिजेर भए पनि मैदानमा पुगेका छन् ।
उनीहरु वर्षा रोकिएर खेल सुरु हुने प्रतिक्षामा छन् । तरअहिलेसम्म वर्षा रोकिने छाँटकाट देखिएको छैन। अफिसियलहरुका अनुसार यदि २स्१५ सम्ममा टस हुन सक्यो भने थोरै ओभरमा घटाएर खेल हुन सक्छ । अन्यथा खेल रद्द हुनेछ।खेल रद्द हुँदा नेपाल र साउदीअरबबीच १–१ अंक बाँडिन्छ।समूह एमा नेपाल र साउदीसँगै ओमान, कतार र मलेसिया पनि छन् । नेपालले मलेसिया र ओमानबीचको खेल जित्दै ४ प्वाइन्टका साथ अंकतालिकाको शीर्षस्थानमा छ।
अंकतालिकाको दोस्रो स्थानमा रहेको ओमानले ३ खेल खेलेर २ जित र एक हार व्यहोरेको छ । यस समूहबाट सेमिफाइनलमा स्थान बनाउन सक्ने दुई टिम नेपाल र ओमान नै हुन् ।आजको खेल रद्द भएमा नेपाल ५ अंकसहित अंकतालिकाको शीर्षस्थानमा नै रहनेछ । अन्तिम खेलमा जित हासिल गरेको खण्डमा नेपाल ७ अंकसहित समूह बिजेताको रुपमा सेमिफाइनलमा जानेछ । त्यसैले आजको खेलमा अंक बाँड्दा नेपाललाई केही असर पर्दैन।
प्रकाशित: ११ वैशाख २०८० ०६:३९ सोमबार