७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

कुशल मल्लले हाने शतक

एसिसी प्रिमियर कपको आजको खेलमा नेपालका कुशल मल्लले शतक हानेका छन्। मल्लले ५९ बलमा १०१ रन हाने। उनको शतकमा ९ चौका र ९ छक्का रहेका छन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको पहिलो शतक हाे।

खराब सुरुवात गरेको नेपालको ब्याटिङ कुशलले सम्हालिरहेका छन्। टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३९.२ ओभरमा ६ विकेट गुमाउँदै २ सय ११ रन बनाएको छ। 

यसअघि नेपालले दुई ओपनर कुशल भूर्तेल र आशिफ शेखलाई शुन्यमा गुमाएको थियो । तेस्रो विकेटको लागि रोहित र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए। रोहितले ३४ बलमा २ चौकासहित २३ रनमा आउट भए भने भीम सार्की ३३ रनमा आउट भए।  आरिफ शेख २९ रनमा आउट भए भने छैटाैं  विकेटको रुपमा नेपालले दिपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो। ऐरीले १२ बल खेल्दै जम्मा ७ रन जोडे।

प्रकाशित: ८ वैशाख २०८० ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App