२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

ए डिभिजन लिग: थ्री स्टारद्धारा हिमालयन शेर्पा पराजित

लाकेन लिम्बूको निर्णायक गोलको सहयोगमा थ्री स्टार क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ।  

ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा हिमालयन शेर्पाले थ्री स्टारलाई दबाब दिएर खेलेपनि नतिजा थ्री स्टारको पोल्टामा परेको हो। खेलको १४औं मिनेटमा थ्री स्टारका आदित्य शाक्यको पासमा लाकेन लिम्बूको प्रहार सञ्जितको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो। 

यद्यपि गोल लाकेन लिम्बूमा रह्यो। पछि परेसँगै खेलमा फर्किन हिमालयन शेर्पाले निकै मेहनत ग¥यो। तर ३४औं मिनेटमा आदित्यको प्रहार हिमालयनका गोलकिपर किशोर गिरीले बचाउँदा थ्री स्टारले अग्रता दोब्बर बनाउने अवसर गुमायो। ४८ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा चुक्दा हिमालयनले बराबरी गर्ने अवसर गुमाएको थियो। विश्वासको प्रहार बाहिरियो।

थ्री स्टारका पटिर सेगुनले अबायोमी फकुन्लेलाई पेनाल्टी बक्स भित्र फाउल गरेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो। तर विश्वास श्रेष्ठ चुक्न पुगे। यस जितसँगै थ्री स्टार १० खेलमा ५ जित, ३ बराबरी र २ हारको नतिजासहित १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ।पराजय व्यहोरेको हिमालयन समान खेलबाट २ जित, ३ बराबरी र ५ हारको नतिजासहित ९ अंकका साथ १३ औं स्थानमा छ।

प्रकाशित: ७ वैशाख २०८० १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App