२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

एसीसी प्रिमियर कप: ओमानले कतारलाई ४० रनले हरायो

एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा ओमानले कतारलाई ४० रनले हराएको छ।  

मुलपानीस्थीत  क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रनको योफगल बनाएको थियो । जवाफमा  कतारले ४७ दशमलब २ ओभरमा २०९ रन बनाउँदा सबै विकेट गुमायो र खेल ४० रनले हार्न पुग्यो।  

ओमानका लागि कप्तान जिसान मोक्सोदले ४१, आयान खानले ६४ तथा सन्दीप गौडले ३४ रन बनाए।

कतारका लागि मोहमद रुडाड र अमिर फारोगले तीन तीन विकेट लिए। त्यसैगरी क्रामुल्लाहा खानले दुइ विकेट लिए।  

कतारका लागि कप्तान मोहमद रिजवानले सबै भन्दा वढि  ४३ रन बनाए। त्यसैगरी खुराम सहाजादले  ३० तथा इमाल लिन्गेलेले २७ रन बनाए। कतारलाई जम्मा २०९ रनमा सिमित राख्न ओमानका बलर बिलाल खान एक्लैले ८ दशमलब २ ओभरमा ४२ रन दिएर महत्वपूर्ण ४ विकेट लिए। त्यसैगरी ओमानका लागि जिसान मोक्सोद र जय  ओडाले दुई दुई विकेट लिए।  

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित किर्तिपुर क्रिकेट मैदान र मुलपानी क्रिकेटमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ।कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते  किर्तिपुर क्रिकेट मैदानमा आयोजना हुनेछ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ। १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।समूह ए मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन्। समूह बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन्।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन्। सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ। एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ।यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन्।

प्रकाशित: ६ वैशाख २०८० १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App