१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कपका लागि टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा मंगलबारदेखि सुरु हुने एसिसी प्रिमियर कप क्रिकेटमा नेपालसहित कुल १० राष्ट्रले चुनौती प्रस्तुत गर्दै छन्। सोही प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

यो प्रतियोगिता एसिया कप २०२३ छनोटको अन्तिम माध्यम पनि हो। एसिसी प्रिमियर कपको विजेताले एसिया कप खेल्नेछ। एसिया कपमा छनोट हुने लक्ष्य राखेको नेपाली टोलीमा घरेलु मैदानमा सम्पन्न आइसिसी विश्वकप लिग-२ को अन्तिम शृंखला खेलेका खेलाडीले नै स्थान बनाएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

शनिबार ओमानमाथि नेपालले पाँच विकेटको रबाफिलो जित निकालेको थियो। सोही अभ्यास खेलपछि क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गर्‍यो। रोहितको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतीश जिसी र ललित राजवंशी छन्। ओमानविरुद्ध अभ्यास खेलमा ओपनिङ ब्याटिङ गर्दै अर्धशतक बनाएका अर्जुन साउद वैकल्पिक खेलाडीको सूचीमा रहे।

अर्जुनसँगै सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो पनि वैकल्पिक खेलाडीको सूचीमा छन्। यी चार खेलाडीले पनि अभ्यास खेलमा अवसर पाएका थिए। जहाँ सन्दीप जोरा ११ रनमा नटआउट रहँदा बलरद्वय किशोरले तीन विकेट तथा सूर्यले दुई विकेट लिएका थिए। यद्यपि, यी चारैले नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम १४ मा भने स्थान बनाउन सकेनन्।

वैशाख ५ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगितामा १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। त्रिभुवन विश्वविद्यालय र मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० राष्ट्रलाई दुई समूहमा विभाजन गरेर राउन्ड रोबिनका आधारमा खेलाइनेछ।

अर्जुनसँगै सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो पनि वैकल्पिक खेलाडीको सूचीमा छन्। यी चार खेलाडीले पनि अभ्यास खेलमा अवसर पाएका थिए।

नेपालको समूह ‘ए’ मा सबैभन्दा बलियो टोली ओमानलाई लिइएको छ। यो समूहमा कतार, मलेसिया र साउदी अरब छन्। अर्को समूह ‘बी’ बाट संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइनले प्रतिस्पर्धा गर्नेछन्।

यो प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा खेल्नेछ। प्रतियोगितामा शीर्ष तीन राष्ट्रले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्। नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा खेल्नेछ।

दोस्रो ८ गते ओमान, तेस्रो ११ गते साउदी अरबसँग र १४ गते कतारसँग खेल्नेछ। साउदी अरब र नेपालबीचको खेल मूलपानी मैदानमा हुनेछ। 

प्रकाशित: ४ वैशाख २०८० ०१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App