१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सूर्य नेपाल च्यालेन्ज आज सुरु

काठमाडौं- सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबार ६९ पारको रोयल नेपाल गल्फ क्लब (आरएनजिसी)मा सुरु हुने भएको छ। चार दिन ७२ होलमा खेलाइने प्रतियोगितामा २९ व्यावसायिक र ११ एमेच्योर खेलाडीको सहभागिता रहनेछ। दुई दिनमा ३६ होलको खेल सकिएपछि पछिल्ला दुई चरणका लागि शीर्ष २१ व्यावसायिक तथा ६ एमेच्योर खेलाडीको छनोट (कट) गरिने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए)ले जानकारी गराएको छ। आरएनजिसी कोर्स प्रतियोगिताका लागि नेपालका शीर्ष व्यावसायिक तथा एमेच्योर गल्फरलाई आतिथ्य दिन तयार रहेको आयोजकले जनाएको छ। प्रतियोगिताका सहभागीमध्ये धेरैले सोमबार कोर्समा अभ्यास गरेका थिए।

कुल ४ लाख रुपैयाँ पुरस्कार राशीको प्रतियोगितामा विजेताले ७५ हजार रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा ४६ हजार रुपैयाँ पर्नेछ। यसैगरी तेस्रो हुनेले ३१ हजार ५ सय रुपैयाँ तथा कटमा सफलता हासिल गर्ने सबै व्यावसायिक गल्फरको भागमा पनि नगद पुरस्कार पर्नेछ। साबिक विजेता रमेश अधिकारीको अनुपस्थिति रहने प्रतियोगितामा नेपालका नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठसँगै भुवन नगरकोटी, रवि खड्का, सञ्जय लामा र राम थापालाई उपाधिको मुख्य दाबेदार मानिएको छ। एमेच्योरतर्फ उपाधिका लागि शिवकुमार माझी र मिथुन राईलगायतको दाबेदारी रहनेछ। एमेच्योरतर्फ माथिल्लो वरियताका शुक्रबहादुर राई, टंकबहादुर कार्की र तेन्जिङ छिरिङ विशेष प्रशिक्षणका लागि बंगलादेश जान लागेकाले सूर्य नेपाल च्यालेन्जमा सहभागी हुने छैनन्।

प्रकाशित: २६ पुस २०७३ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App