४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

ए डिभिजन लिग : हिमालयन शेर्पाद्धारा एपीएफ पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ।

आज ललितपुरको च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले  एपीएफ क्लबलाई ५-३ गोलको  अन्तरबाट हराएको हो।हिमालयन शेर्पाका लागि सत्यम शर्माले दुई तथा सुदिप श्रेष्ठ,अबायोमी फाकुन्ले र विश्वास श्रेष्ठलेले  एक एक  गोल गरेका हुन।एपीएफका लागि सनिश श्रेष्ठले ,अरमान्डो र प्रदिप लामाले एक एक गोल गरे।

हिमालयनको यो दोस्रो जित हो। हिमालयन ८ खेलमा ९  अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ।एपीएफको यो तेस्रो हार हो। एपीएफ ८ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ।

प्रकाशित: २९ चैत्र २०७९ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App