१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

ए डिभिजन लिगमा त्रिभुवन आर्मीद्धारा जावलाखेल युथ क्लव पराजित

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा   त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लवलाई पराजित  गरेको छ।

लिग अन्तर्गत आज  एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा विभागीयटोली त्रिभुवन आर्मी फुटबल क्लवले जावलाखेल युथ क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १६ औं मिनेटमा कप्तान जिलेस्पीजंग कार्कीको गोलबाट आर्मीले अग्रता लिएको थियो ।

सेसेहाङ आङदेम्बेको पसमा जिलेस्पीले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलको ५४ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमाफर्त गोल गर्दै आर्मीले अग्रता दोब्बर बनायो।जावलाखेलका रक्षकले जगजित श्रेष्ठलाईपेनाल्टी बक्स भित्र फाउल गरेपछि आर्मीले पेनाल्टीको अवसर पाएको थियो ।जसमा नवयुगले सहजै गोल गर्न सफल भएका हुन् ।

६२ औं मिनेटमा जावलाखेलका सुनिल खड्काले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि खेल सकिन १० मिनेट बाँकी रहँदा सुदिल राईले गोल गर्दै आर्मीको जित निश्चित गरे । बाँकी समयमा जावलाखेल खेलमा फर्किन निकै प्रयास गरेपनि सफल हुन सकेन र अंक सुम्पिन बाध्य बन्यो । यस नतिजासँगै आर्मीले ८ खेलबाट तेस्रो जित निकाल्न सफल भएको छ । आर्मीले १२ अंक जोडेको छ । पराजित जावलाखेलको समान खेलबाट १४ अंक छ।

लिगमा भोलि बुधबार तीन खेल हुनेछन्।पहिलो खेल एपिएफ फुटबल क्लव र हिमालयन शेर्पा क्लवबीच च्यासल मैदानमा हुनेछ भने दोस्रो खेल न्युरोड टिम (एनआरटी)र संकटाबीच दशरथ रंगशालामा हुनेछ । यस्तै तेस्रो खेल साँझ मनाङ मस्र्याङ्दी फुटबल क्लब र सातदोबाटो युथ क्लवबीच दशरथ रंगशलामा नै हुनेछ।

प्रकाशित: २८ चैत्र २०७९ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App