४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

भरत, निशान र प्रशान्त सेमिफाइनलमा

सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोसी प्रदेशका प्रशान्त दाहाल बिहीबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ७१ केजी तौलसमूहमा भरतले एपिएफका झलक रोका, निशानले नेपाल प्रहरीका मिलन तामाङ र प्रशान्तले लुम्बिनी प्रदेशका विकास रानामगरलाई पराजित गरे।

पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावलले गण्डकीका मनीष बिसी, कर्णाली प्रदेशका दर्शन घर्तीमगरले सुदूरपश्चिमका बालाजी रावल तथा बाग्मती प्रदेशका मनोज तामाङले कोसीका सनम गुरुङलाई हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरे।

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ९२ केजीमा बाग्मतीका उमङ्ग महर्जनले लुम्बिनीका सुजन थापा मगरलाई पाखा लगाउँदै सेमिफाइनलमा पुगे। यसै स्पर्धामा गण्डकीका मुन्ना गुरुङले कोसीका इशक जनक शाही तथा सुदूरपश्चिमका ललित भट्टले कर्णालीका प्रकाशकुमार विष्टबाट वाकओभर पाउँदै सेमिफाइनलमा स्थान बनाए।

महिला ५७ केजीमा सुदूरपश्चिमकी कविता सिंहले लुम्बिनीकी कल्पना पुनमाथि जित रच्दै सेमिफाइनलमा पुगिन्। महिला ६० केजीमा बाग्मतीकी हेमा राईले सुदूरपश्चिमकी सन्जिता चौधरी तथा एपिएफकी संगिता सुनुवारले कोशीकी सुस्मिता राईलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे। महिला ६६ केजीमा गण्डकीकी जोसिका श्रेष्ठले कर्णालीकी अस्मिता चन्दलाई हराउँदै सेमिफाइनलमा पुग्न सफल भइन्।

प्रकाशित: २४ चैत्र २०७९ ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App