१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कोसीका १० खेलाडी पुरस्कृत

कोसी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी, दीपेश कँडेलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई पुरस्कृत गरेको छ। बुधबार प्रदेश सरकारले कोसीका १० खेलाडीलाई नगदसहित पुरस्कृत गरेको हो।

क्रिकेटर दीपेश कँडेल र ललित राजवंशीलाई जनही नगद १ लाख ११ हजार १ सय ११ रूपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ। अल्ट्रा दौड धाविका डेनिशा राईलाई १ लाख रूपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ। १८औं मुवाँथाई च्याम्पियननसिपमा कांस्य पदक प्राप्त गर्नै खेलाडी डेनिका राईलाई २५ हजार नगद र रजत पदक प्राप्त गर्ने सञ्जय राईलाई ३० हजार नगदसहित सम्मानपत्र प्रादन गरिएको छ।

यस्तै गत फागुनमा चितवनमा आयोजना भएको जुनियर एथलेटिक्स खेलकुद प्रतियोगितामा हाइजम्पतर्फ प्रथम हुने सागर यादवलाई २५ हजार, ३ हजार मिटरतर्फ दोस्रो र १५ सय मिटरतर्फ तेस्रो हुने खेलाडी निमा जिसीलाई १५ हजार, पूजा चौधरी, राजु चौधरी र अंशु मण्डललाई जनही ५ हजार रूपैयाँ नगद र सम्मानपत्रले सम्मानित गरिएको छ।

खेलाडीहरूलाई कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, समाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी लगायतले नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरेका थिए।  

प्रकाशित: २३ चैत्र २०७९ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App