१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आइपिएल :चेन्नईले लखनउलाई हरायो

इन्डियन प्रिमियर लिग आइपिएल २०२३ मा  चेन्नई सुपर किंग्सले  लखनउ सुपर जायन्ट्सलाई हराएको छ।

घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा गएराती भएको खेलमा चेन्नई सुपर किंग्सले  लखनउ सुपर जायन्ट्सलाई  १२ रनले हराएको हो ।  यस अघि चेन्नईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले २० ओभरमा ७ विकेट २ सय ५ रन मात्र बनाउन सक्यो र खेल १२ रनको झिनो अन्तरले हार्न पुग्यो ।  

लखनउका लागि ओपनर कायल मेयर्सले  ५३ रन ,निकोलस पुरनले ३२ रन ,मार्कुस स्टोईनसले २१ रन तथा आयुष बदोनीले  २३ रन बनाए । कप्तान केएल राहुलले २० तथा कृष्णपा गौथमले ११ बलमा अविजित १७ रन बनाए ।  

चेन्नईका लागि मोईन अलिले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो।

चेन्नईका लागि ऋतुराज गायकवाडले ५७ तथाअर्का ओपनर डेभोन कन्वेले २९ बलमा ४७ रन बनाए।अम्बादी २७ रनमा अविजित रहँदा शिवम दुवेले  २२ रन बनाए । मोईन अलिले १३ बलमा १९ तथा कप्तान महेन्द्र सिंह धोनीले ३ बलमा १२ रन बनाए। लखनउका लागि मार्क वुड र रवि विष्नोईले समान ३/३ विकेट लिए।आवेश खानले १ विकेट आफ्नो नाम गरे।दोस्रो खेलमा पहिलो जित हात पारेको चेन्नई २ अंकका साथ छैटौं स्थानमा रहेको छ । पहिलो खेलमा हार व्यहोरेको लखनउ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेको छ।  

प्रकाशित: २१ चैत्र २०७९ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App