१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

युरो २०२४ को छनोटमा इटालीको पहिलो जित

युरो २०२४ को छनोट खेलमा इटालीले पहिलो जित हात पारेको छ । गएराती भएको खेलमा इटालीले माल्टालाई २–० ले हराउँदै पहिलो जित हात पार्न सफल भएको हो।  इटालीको जितमा माटियो रेटेगुई र माटियो पेसिनाले गोल गरे । दुवै गोल मध्यान्तर अघि भएको हो।  

यसअघि इटाली पहिलो खेलमा इंग्ल्यान्डसँग २–१ ले पराजित भएको थियो  जितसँगै समूह ‘सी’ मा इटालीले २ खेलबाट ३ अंक जोडेको छ । पराजित माल्टा दुई खेल खेल्दा अंकविहीन बनेको छ।

प्रकाशित: १३ चैत्र २०७९ ०३:२४ सोमबार