६ वैशाख २०८१ बिहीबार
खेल

आगामी शनिबार पोखरामा तेस्रो एशियन कप ट्रायथोलन

आगामी शनिबार पोखरामा एशिया कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुदैंछ। आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको तेस्रो संस्करण हुने नेपाल ट्रायथोलन संघले जनाएको छ। नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्धा तेस्रोे पटक हो। एशियन कपसँगै साउथ एशियन च्याम्पियनसिप र आईतबार दुवाथोलन हुने छ।  

यही चैत १८ गते शनिबार ट्रायथोलन तथा १९ गते आईतबार दुवाथोलन प्रतिस्पर्धा गराईने नेपाल ट्रायथोलन संघका केन्द्रीय महासचिव युवराज सुनुवारले जानकारी दिए। एशिया कपको लागि अन्तराष्ट्रिय ट्रायथोलन युनियनले आफनो आधिकारीक वेभसाईटमै राखिसकेको छ। कोभिड–१९ कै कारण दुईवर्ष ट्रायथोलनको इभेण्ट स्थगित गरिएको थियो।  

ट्रायथोलनको स्प्रिन्ट विधामा प्रतिस्पर्धा गराईने छ। स्प्रिन्ट अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुने छ।  पौडी फेवातालमा गराईने छ। दौड आम्बोट—शहीदचोक, ड्यामसाईड राष्ट्रबैंकचोक हुदैं— आम्बोटमा पुगेर टुंगिने रुट तय गरिएको छ। महिला तथा पुरुष दुवै इभेण्टमा प्रतिस्पर्धा हुनेछ। दुवाथोलनमा दौड–साईक्लिङ–दौड हुने छ।  

ट्रायथोलन एशियन कपमा रोमानिया, अल्जेरिया, अष्ट्रेलिया, अष्ट्रिया, लग्जम्बर्ग, मोरक्को, जापान, भारत लगायतका देशका एथलेट्सहरु पोखरा आउने उनले जनाए। उनका अनुसार भारतीय एथलेट्सहरु आईसकेका छन्। ‘भारतबाट ३५ जना महिला तथा पुरुष खेलाडीहरु आईसकेका छन्।’ उनको भनाई थियो। महासचिव सुनुवारका अनुसार महिला १२ र पुरुष २२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

विश्व ट्रायथोलनको स्वीकृतिमा आयोजना हुने एशिया कपमा विशेष गरी विश्वका एथलेट्सहरुको सहभागिता रहने छ। विशेष गरी एशिया कपमा सहभागिता जनाउने मात्रै नभई खेलाडीहरु प्वाइन्ट संकलनको लागि पनि सहभागिता जनाउने महासचिव सुनुवारले जनाए। उनका अनुसार ट्रायथलोन मार्फत पोखराको स्पोर्टस टुरिज्ममा नयाँ आयाम थपिने विश्वास छ।  

विश्व ट्रायथोलन युनियनको संयोजन तथा नेपाल ट्रायथलन संघको आयोजनामा सञ्चालित हुने ट्रायथोलन प्रतिस्पर्धामा ७० जनाले सहभागिता जनाउने छन्। महिला तर्फ २० र पुरुष तर्फ ५० खेलाडीको सहभागिता रहेको ट्रायथोलन संघले जनाएको छ। दुवाथोलनमा ३० जनाको मात्रै सहभागिता रहेको संघले उल्लेख गरेको छ। दुवाथोलनमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुने छ। सबै विजेताहरुले ४२ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन्।  

प्रकाशित: १२ चैत्र २०७९ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App