१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एपिएफ विराट गोल्डकपको सेमिफाइनलमा

अघिल्लो पटकको विजेता विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ७ औं विराट गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।विराटनगरको शहिद रंगशालमा जारी रात्रिकालीन फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई एपिएफले पराजित गरी सेमिफाइनलमा पुगेको हो।

एपिएफले भुटानी टालीलाई २–१ गोलअन्तरमा हराउँदै सेमिफाइनलमा स्थान पक्का पारेको हो।एपिएफले सुरुवाती समयदेखि नै भुटानलाई दबाबमा राख्दै खेले पनि गोल संख्या बढाउन र जित निकाल्न अन्तिम समयसम्म कुर्नु पर्‍ यो। एपिएफले गोलका धेरै राम्रो अवसर सदुपयोग गर्न नसक्दा जित निकाल्न संर्घष पूर्ण खेल्नु परेको थियो। भुटानले दबाबमा खेले पनि एपिएफलाई गोल संख्या बढाउन दिएन। उनका विदेशी खेलाडीहरु एपिएफको गोल संख्या बढाउनमा बाधक बने। 

निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरीमा खेलेका थिए। ९० मिनेटपछि थप गरिएको ७ मिनेटको इन्जुरी समयको अन्तिम सयममा भुटानका कामागाते मुसाले हेण्ड गर्नु नै एपिएफका लागि जितेको बाटो खुल्यो। एपिएफका सविन थापा र अर्मान्द बेउडुमले गोल गरे। भुटानका लागि एक मात्र गोल फोफोना इब्रहिमले गरे।

खेलको तेस्रो मिनेटमा एपिएफका सविन थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। युवराज खड्डकाले ३० यार्डबाट निकालेको पासमा थापाले हेडमार्फत गोल गरे। ७ औं मिनेटमा युवराजको कडा प्रहार पोष्टमा लाग्दै रिबाण्ड भयो। लगत्तै बुद्धीमान राईको प्रहार पोष्टमाथिबाट बाहिरियो। १० औं मिनेटमा एपिएफका अरमान बेदमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरयो।

१३ औँ मिनेटमा एलिहोसा एलियुले कर्नरबाट आएको बल डिबक्सभित्रबाट गरेको हेड पोष्टमाथिबाट बाहिरियो। १९ औ मिनेटमा एपिएफका बुद्धीमान राईका कडा प्रहार भुटानका गोलरक्षक हरि गुरुङले उत्कृष्ट बचाउ गरे। २४ औं मिनेटमा बुद्धमान राईले निकालेको क्रस पासमा अरमड बेढुमले गरेको प्रहार पोष्टमा लाग्दै बाहिरियो। २८ औं मिनेटमा एपिएफका हरि कार्कीले निकालिदिएको लामो क्रस पासलाई अरमडले डिबक्सभित्र बल नियन्त्रण गर्न नसक्दा गोल संख्या बढाउन सकेनन्।

३३ औं मिनेटमा भुटानका फोफोना इब्रहिमले गोल गर्दै खेललाई बराबरीमा ल्याए। स्याङगे दोर्जीले निकालेको पास फोफोनाले डिबक्सभित्रबाट गोल गरे। ४२ औं मिनेटमा एपिएफका सरनसिंह बस्नेतले वन भर्सेस वनको अवसर गुमाए। युवराज खड्काको क्रसमा सरनसिंह सम्हालिन नसक्दा भुटानका गोलरक्षकले उत्कृष्ट बचाउ गरे।

५८ औं मिनेटमा एपिएफका बुद्धीमान राईले निकालेको पास डिबक्सभित्रबाट युवराज खड्काले किलियर गर्न नसक्दा थप गोल गर्ने अवसर खेर गयो। ८४ औं मिनेटमा युवराज खड्काले डिफेन्डरलाई क्रस गरेर निकालेको बल अरमडले पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिँदा गोलको अवसर चुक्यो।

खेलको ८५ औं मिनेटमा भुटानका फोफोनाले डिबक्स नजिकदेखि गरेको प्रहार एपिएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे। त्यसलगत्तै भुटानका साहिदले डिबक्स एरियादेखि गरेको वानटच बल एपिएफका गोलरक्षक नगरकोटीले गोल संकट टारे। इन्जुरी समयमा पेनाल्टी एरियामा भुटानका कामागाते मुसाले हातले बल छेकेपछि एपिएफले पेनाल्टी पायो। पेनाल्टीमार्फत एपिएफका अर्मान्द बेउडुमले गोल गरे। हेण्ड गरेका कामागाते मुसालाई रफ्री श्याम दनुवारले रेड कार्ड दिए। निर्णायक गोल गर्ने एपिएफका अर्मान्द बेउडुम म्यान अफ द म्याच हुँदै ११ हजार रुपैयाँ प्राप्त गरे।

एपिएफका प्रशिक्षक रतनराज महर्जनले खेलाडीहरुको मेहनतको कारणले पाहुना टोलीलाई पराजित गर्‍ यौं। ‘जित निकाल्न संघर्षपूर्ण रह्यो,’ उनले भने, ‘आएको अवसर निर्धारित समयमै सदुपयोग गर्न नसक्दा अतिरिक्त समय कुर्नुपर्‍ यो। केही खेलाडी राष्ट्रिय टोलीमा रहेका छन्।’भुटानका प्रशिक्षक डिर्जेले नयाँ खेलाडी र नयाँ ठाउँ भएको कारणले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार भयो।  

प्रकाशित: १२ चैत्र २०७९ ०९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App