coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गौतम बुद्ध रंगशालाः धुर्मुसद्वारा १८ करोड ऋण लिएको दाबी, ‘भुक्तानी दिन कानुन अनुसार मिल्दैन’

गौतम बुद्ध रंगशाला निल्नु न ओकल्नु

क्रिकेट खेलप्रतिको नेपाली क्रेज पछिल्ला दिनमा ह्वात्तै बढेको छ। यसको संकेत  विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलले दियो। 

कीर्तिपुरको घरेलु मैदानमा हजारौँ खेल प्रेमी दर्शकहरु त्यही खेल्न हेर्न रुखका हाँगा हाँगामा झुण्डिन बाध्य भए। जोखिम मोलेर उनीहरु रुखका टुप्पा टुप्पामा समेत बस्न बाध्य भए। पूर्ण रुपले निर्माण सम्पन्न भइनसकेको रंगशालामा व्यवस्थित प्यारा फिट र कुर्सीहरु समेत छैन। न त डिजिटल स्कोर बोर्ड जडान गरिएको छ नत फ्लड लाइटनै छ। 

त्यसैले यूएईविरुद्धको रोमाञ्चक खेल हेर्न ओइरिएका दर्शकको भिडले सुविधा सम्पन्न र व्यवस्थित रंगशालाको आवश्यकताको पुष्टि गरेको छ। यसमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो ध्यान केन्दि«त भएको छनक पनि दिएका छन्। अहिले भएका र बनाउँदै गरिएका रंगशालालाई पूर्णता दिन उनले क्यानलगायत सरोकारवाला निकायलाई निर्देशन पनि दिइसकेको बताएका छन्।  

दर्शकको क्रिकेटप्रतिको बढ्दो क्रेज र प्रधानमन्त्री दाहालको निर्देशनको तालमेल मिल्न लागेपनि कुन रंगशाला? कसरी र कहाँ बनाउने भन्ने बिषय अझै टुङ्गो लागेको छैन। 

कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न बनाउँदै भरतपुरमा निर्माणाधीन रंगशालालाई पूर्णता दिन सरोकारवाला निकायलाई सर्वत्र दबाब परिरहेको छ। 

तर भरतपुरमा बन्दै गरेको गौतम–बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई पूर्णता दिने कुरामा प्रश्न चिन्ह खडा भएको छ। यद्यपि प्रधानमन्त्री दाहालले चितवनको निर्माणाधीन रंगशालालाई पूर्णता दिने प्रतिबद्धता जनाएका छन्। 

धुर्मुस–सुन्तली फाउन्डेसनले भुक्तानी गरेको रकम कसरी तिर्ने भन्ने विषय टुङ्ग्याउन नसक्दा यो रंगशाला ‘निल्नु न ओकल्नु’को अवस्थामा पुगेको छ।  

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले महानगरले धुर्मुस –सुन्तली फाउन्डेसनसँग रंगशाला लिन पनि नसकेको र फाउण्डेसनले छोड्न पनि नसकेको बताए। 

उनले भने, ‘ धुर्मुसले १८ करोड रुपैयाँ भुक्तानी गरेको भन्ने दाबी गरेको छ। तर आर्थिक ऐन अनुसार भुक्तानी दिन मिल्दैन्। भनेको मतलब कसैले लिएको ऋण सरकाले तिर्ने भन्ने नियम नभएकाले समस्या आएको हो। संघिय सरकारले २२ करोड बजेट छुटाएको छ भने प्रदेश सरकारले ५ करोड छुटाएको छ।’

अधिकारीले कसैले ऋण लिएको भुक्तानी रकम तिर्ने भन्ने कानुनमा नहुँदा समस्या आएको बताए। 

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर–१५ मा बनाउन सुरु गरेको गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निमार्ण बजेट अभावमा २०७८ साउन २२ गतेदेखि पूर्णरुपमा रोकिएको छ।

उक्त विषयमा कलाकार तथा अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले अलपत्र पारेको रंगशालाबारे अभिव्यक्ति दिएका छन्। मंगलबार रंगशाला निर्माणस्थलनै पुगेर उनले आफूमाथि लागेको आरोप र रंगशाला अलपत्र पर्नुका कारण बताएका हुन।

उनले राज्यका लागि एउटा गर्विलो संरचना निमार्ण गर्ने सपना देख्दा विगत २ वर्ष देखि मानसिक यातना भोग्नु परेको सुनाए। कट्टेलले आफ्नो आक्रोशित भावना पोख्दै भने आफुले गल्ती गरेको भेटिएको भए हातमा हतकडी हुने बताए।

धुर्मुसले भने, ‘मैले यो रंगशाला बनाउँदा एक रुपैयाँ कहीँ कतै हिनामिना गरेको भेटिए आफूलाई रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ। भयो अब म धेरै यातना सहन सक्दिनँ।’

उनले तपाईहरुले गरेको सहयोग कहीँ पनि नगएको बरु त्यसको सही सदुपयोग गरेको बताए।

धुर्मुसले भने, ‘२०७५ माघ १६ गने विभिन्न ओहोदाका व्यक्तिहरुसँग छलफल गरे। भरतपुर महानगरपालिकासँग कुरा गरौँ। सरकारले लगानी गरी दिने प्रतिबद्धता समेत व्यक्त गर्‍यो। तर त्यो पुरा हुन सकेन्।’

उनले एक वर्षअघि पुस २ गते स्वामित्व लिइदिन अनुरोध पत्र महानगरलाई पठाएको बताए। तर महानगरले चेकजाँच गरयो प्रतिवेदन सार्वजनिक गरेन्। 

उनले भने, ‘मान्छेलाई १, २ लाख ऋण लिँदा त रात दिन निन्द्रा लाग्दैन म झन १८ करोड ऋण लागेको मान्छेलाई झन के भयो होला।’ उनले आफ्नो परिवार पलपल मरिरहेको बताए। 

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित निकाल्यो। उक्त म्याचमा जित निकालेसँगै विश्वकप छनोट खेल खेल्न जिम्बाबेको यात्रा तय गर्‍यो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शकको लागि गतिलो प्याराफिट र बस्ने चियर नहुँदा दर्शकहरु बाहिर उभिएर, रुखका हाँगाविगाँमा चढेर र घरको छतबाट हेर्न बाध्य थिए। 

उक्त खेल हेर्न प्रधानमन्त्री दाहाल तथा विभिन्न राजनीतिक दलका नेता उपस्थित थिए। दर्शकहरुले उनीहरुसँग एउटा अपिल गरे ‘हामीलाई गतिलो रंगशाला, फ्लड लाइट र स्कोर बोर्ड चाहियो।’

उक्त विषयलाई लिएर प्रधानमन्त्री दाहालले चैत ३ गते खेलाडी, प्रशिक्षकसहितको टिमलाई बोलाएर बधाई दिँदै चितवनमा अलपत्र क्रिकेट रंगशाला निर्माणलाई सरकारले ध्यान दिने बताए। उनले आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन समेत दिए। 

यस्तै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि रंगशाला छिटै निमार्ण गर्ने समेत बताएकी थिइन। 

प्रकाशित: ७ चैत्र २०७९ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App