३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

सहारा पोखरा स्पोर्टस अवार्डको सारथी बन्दै

मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब खेलकुद पत्रकार मञ्च गण्डकीसँग जोडिएको छ। मञ्चले आगामी बैशाखमा आयोजना गर्ने ‘पोखरा स्पोर्टस अवार्ड’ मा एक विधाको पुरस्कार प्रायोजन गर्दै जोडिन पुगेको हो।  

क्लबले आगामी बैशाख २३ गते हुने स्पोर्टस अवार्डमा उदीयमान खेलाडीको पुरस्कार प्रायोजन गर्नेगरी सम्झौता गरेको छ। सम्झौताले क्लब र मञ्च बीचको सम्बन्ध अझ बलियो बनेको छ। सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ ‘सुरज’ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार सहाराले पोखरा स्पोटर्स अवार्ड अन्र्तगत उदीयमान वर्ष खेलाडीको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए।  

उदीयमान खेलाडीको पुरस्कार नगद ३५ हजार रुपैयाँ रहेको छ। हस्ताक्षर कार्यक्रममा सहारा क्लव पोखराका पूर्वअध्यक्ष विरभद्र आचार्य, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, सदस्य सुर्दशन रञ्जितको उपस्थिति रहेको थियो। सहारा क्लवले यसअगाडीका संस्करणमा पनि सोही विधाको पुरस्कार प्रायोजन गर्दै आएको थियो।  

आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा हुने पोखरा स्पोटर्स अवार्ड २०७९ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका सचिव शशीकुमार पौडेलले बताए। मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ। अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्थाका साथै व्यापारिक प्रतिष्ठानहरुबाट पनि सघाउने प्रतिवद्धता रहेको मञ्चका सचिव पौडेलको भनाई छ। 

प्रकाशित: ५ चैत्र २०७९ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App